५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदन खुलाउन सभामुखले गरे सचेतकहरूसँग छलफल



अ+ अ-

काठमाडौँ । विपक्षीहरूको अवरोधका कारण स्थगित संसद् खुलाउने प्रयास भइरहेको छ ।

यसैबीच, सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउन पहल थालेका छन् । अहिले प्रमुख दलका सचेतकहरूसँग सभामुखले छलफल गरिरहेका छन् ।

बैठकमा सभामुख, उपसभामुख तथा प्रमुख सचेतक र मुख्य सचेतक सहभागी छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएर विपक्षी दलले सदन अवरोध गरेका छन् । रास्वपाले गृहमन्त्री लेखकमाथि छानबिन आयोगको माग गरेको छ ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले बैठकमा आफ्ना धारणा राख्न उपस्थित भएका गृहमन्त्री रमेश लेखकलाई रोक्न नहुने अडान राखेका छन् ।

आफूमाथि लागेका आरोपबारे स्पष्ट पार्न गृहमन्त्री लेखकले बोल्न पाउनु पर्ने उनीहरूको भनाइ छ ।

बिहान ११ बजेको बैठक आधा घण्टालाई स्थगित गरिएकोमा पुनः साढे २ बजेलाई सारिए पनि अहिलेसम्म बैठक बस्ने या नबस्ने कुनै टुंगो छैन ।