२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मानवअधिकार संरक्षणमा सबैको दायित्व महत्त्वपूर्ण’



अ+ अ-

मोरङ। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मानवअधिकार संरक्षणमा सबैको दायित्व महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगको २५औँ (रजत) वार्षिकोत्सवको उपलक्ष्यमा आयोगको कोशी प्रदेश कार्यालयद्वारा आज विराटनगरमा आयोजित अन्तरक्रियामा उहाँले मानवअधिकार संरक्षण र सम्वर्द्धनमा सम्बन्धित सरोकारवाला गम्भीरतापूर्वक काम गरेमा सफल हुने धारणा राख्नुभयो ।

प्रदेश प्रमुख खापुङले समाजमा हुने विभेद, असमानता, अन्याय र अत्याचार समाप्त गरेमा मानवअधिकार संरक्षण गर्न सकिने उल्लेख गर्नुभयो ।

प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले संविधानमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी, पिछडिएका समुदाय महिला, आदिवासी जनजातिको हकअधिकार एवं मानवअधिकार स्थापित गर्न राजनीतिक दलका नेताहरुको भूमिका महत्त्वपूर्ण रहने चर्चा गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आयोगको कामले अन्तरराष्ट्रिय क्षेत्रमा उच्च छवि कायम राख्न सफल भएको बताउनुभयो । आयोगका मानवअधिकार अधिकृत डिल्लीराम लम्सालले कोशी प्रदेश कार्यालयले मिति २०८१ जेठ १३ गतेदेखि २०८२ जेठ १२ गते जम्मा २३२ उजुरी प्राप्त भएकामा ९२ वटा अनुसन्धान गरिएको जानकारी दिनुभयो । रासस