२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘असारे भ्रमण’ भनेर प्रश्न उठ्छ, आर्थिक वर्षको अन्त्यतिर अनुगमन भ्रमण नगरौँः डिपी अर्याल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतत्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आर्थिक वर्षको अन्त्यतिर संसदीय समितिले अनुगमन र भ्रमण गर्न नहुने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको संघीय संसदको संसदीय सुनुवाई समितिमा बोल्दै कार्यवाहक सभापति अर्यालले यस्तो धारणा राख्नुभएको हो ।

समाजमा बजेट सक्नको लागि ‘असारे भ्रमण’ गर्ने प्रवृत्तिमाथि प्रश्न उठ्ने गरेको उल्लेख गर्दै असार महिनामा अनुगमन र भ्रमणका कार्यक्रमहरु गर्न नहुने उहाँको भनाइ छ । उहाँले बजेट सक्नको लागि मात्र नभई अनुगमन र भ्रमण समयसापेक्ष र  योजना अनुसार हुनुपर्ने बताउनु भयो । उहाँले समितिले सुनुवाई प्रक्रियाको प्रभावकारितालाई बढाउनुपर्नेमा समेत जोड दिनुभयो । भ्रमणको सट्टा पूर्वराजदुत र न्यायाधीशहरूसँगको अघिल्लो सुनुवाईमा व्यक्त प्रतिवद्धता कार्यान्वयन भए÷नभएको समिक्षा गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘असारे बजेट भन्ने बहस जुन समाजमा चलिरहेको छ । हामी पनि अनुगमनका लागि असारमै पुगेको अवस्था भएको कारणले बजेट सक्नको लागि अनुगमन र भ्रमण गर्न थाले भन्ने प्रश्न आउने कुरा पनि एउटा चिन्ताको विषय हो । यदि भ्रमण गर्नु नै छ भने हामीले योजना बनाएर अगामी वर्षमा गर्नसक्छौं । यो वर्ष हामी के गर्नसक्छौँ त्यो हेरौँ । समितिका कामहरु समयमै गरौँ, तोकिएकै शीर्षकमा गरौँ । हामी के का लागि गइरहेका छौँ ? कहाँ गइरहेका छौँ ? र त्यसबाट के उपलब्धि हुन्छ ? यो समयमा हामी कतै नजाउँ । हामीले पहिले सुनुवाई गरेका पूर्वराजदुतहरु, न्यायाधीहरुसँग सुनुवाई गर्दाखेरी आफ्नो कार्यकालमा गर्ने जुन प्रतिवद्धता थियो त्यो गर्नुभयो कि भएन ? कति गर्नुभयो ? के कुराले समस्याहरु भयो भन्ने कुरा राखौँ , यसले हामीलाई भोलिको दिनमा पाि सुनुवाई गर्न सजिलो हुन्छ ।’

उहाँले वर्तमान समयमा अनावश्यक भ्रमणभन्दा समितिको जिम्मेवारीमा केन्द्रित भई समितिको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिनुभयो ।