२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्‍वकै तेस्रो उच्च संक्रमित मुलुक ‘भारत’



अ+ अ-

नयाँदिल्ली । भारतको कोरोना भाइरसबाट संक्रमितको संख्या ६ लाख ९० हजार नाघेको छ । योसँगै भारत विश्वका सबैभन्दा बढी संक्रमण हुने मुलुकहरुको सूचीमा रुसलाई पछि पार्दै तेस्रो नम्बरमा उक्लिएको छ । आइतबार साँझसम्ममा भारतमा ६ लाख ९० हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ । रुसमा आइतबार साँझसम्म संक्रमितको संख्या ६ लाख ८० हजार २८३ रहेको छ । विश्वमा सबैभन्दा बढी संक्रमण हुने मुलुकमा पहिलो नम्बरमा अमेरिका र दोस्रोमा ब्राजिल छन् । भारतमा १ जुनदेखि लकडाउनलाई खुकुलो पारिएसँगै संक्रमणमा तीव्र वृद्धि भइरहेको छ । भारतमा पछिल्लो एक दिनमा मात्र करिब पच्चीस हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

भारतका ३६ वटा राज्य तथा केन्द्र शासित प्रदेशहरुमध्ये संक्रमितको संख्या सबैभन्दा उच्च रहनमो महाराष्ट्र, तमिलनाडु र दिल्ली छन् । संक्रमण बढ्ने क्रमसँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । भारतमा हालसम्म १९ हजार २६८ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । संक्रमितहरुमध्ये ४ लाखभन्दा बढी उपचारपछि निको समेत भइसकेका छन् । यसैबीच दक्षिण भारतीय राज्य केरलाले कोरोना भाइरसको संक्रमणको जोखिम न्यून गर्न आगामी एक वर्षका लागि कोभिड–१९ सुरक्षा निर्देशिका जारी गरेको छ । जसअनुसार एक वर्षसम्म सार्वजनिक स्थलमा मास्क र सामाजिक दूरी अनिवार्य गरिएको छ । सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई १० हजार भारतीय रुपैयाँ जरिवाना तोकिएको छ ।

त्यसैगरी वैवाहिक कार्यक्रममा बढीमा ५० जना र मलामीमा २० जनाभन्दा बढी भेला नहुने नियम बनाइएको छ । साथै प्रशासनको अनुमतिबिना धर्ना, जुलुस वा भेला निषेध गरिएको छ । त्यस्ता कार्यक्रममा दश जनाभन्दा बढी जम्मा हनु पाइने छैन । कुनै पनि पसलमा एक पटकमा बीस जनाभन्दा बढी ग्राहकलाई निषेध गरिएको छ । त्यसैगरी सार्वजनिक स्थलमा थुक्न पूर्णरुपमा निषेध गरिएको छ ।

भारतमा कोरोना संक्रमणको पहिलो केस केरलामै गत ३० जनवरीमा पहिचान देखिएको थियो । कोरोना महामारी रोकथामका काम प्रभावकारी भएका कारण त्यहाँ हालसम्म पाँच हजार दुई सय जनामा मात्र संक्रमण पुष्टि भएको छ । जसमध्ये तीन हजारभन्दा बढी निको भइसकेका छन् । कान्तिपुर दैनिक