२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेकुवा पोल्न घरको छतमा बालेको आगो देखेर छिमेकीले दमकल बोलाएपछि…



अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ ।

सार्वजनिक भिडियोमा ललितपुर महानगरपालिकाको दमकल पाँच तले घरको छतमा आगो बलिरहेको स्थानतर्फ पुग्छ ।

भिडियोमा एक पुरुष भन्छन्, “ल हेर्नुहोस्, यस्तो पनि आगलागी हुन्छ ? यहाँ आगो ताप्न के बालेको थियो, दमकल नै बोलाइ दिइसकेछन् । अब पेट्रोल खर्च भएन ? यसको पेट्रोल खर्च कसले तिर्छ ? सरकारले तिर्छ जस्तो त मलाई लाग्दैन ।”

उक्त भाइरल भिडियो १५ गते बेलुकातिर इमाडोलमा लिइएको हो । बेलुका ७ बजेतिर इमाडोलको घरमा आगलागी भएको भनेर महानगरमा कल आएको थियो । त्यसपछि महानगरले तत्कालै दमकल र अग्नि नियन्त्रकलाई पठायो ।

तर इमाडोल पुग्दा भने दृश्य अर्कै बन्यो । सेकुवा पोलेर खानको लागि आगो बालिएको थियो । छिमेकीहरूले आगो लाग्यो भन्ने ठानेर दमकललाई खबर गरेका थिए ।

भिडियोमा सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले आगलागी नै नभइकन दमकल बोलाएको भन्दै हाँस्यास्पद कमेन्टहरु गरेका छन् । कतिपयले ‘घरमा सेकुवा पोलेर खानुपर्ने वातावरण समेत नभएको’ भन्दै कमेन्ट समेत गरेका छन् ।