२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीको पर्यटन प्रवर्द्धनका लागि खेलकुद प्रतियोगिता



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा खेलकुद प्रतियोगिता हुने भएको छ । यही जेठ २४ गते राष्ट्रियस्तरको महिला÷पुरुष १० र १८ वर्षमुनिका विद्यालयस्तरीय बालबालिका सम्मिलित पाँच किलोमिटर ‘मदन भण्डारी कप खुला सडक दौड प्रतियोगिता’ हुने भएको हो ।

उक्त दौड प्रतियोगिताको आयोजना मदन भण्डारी स्पोर्टस् एकेडेमीले गर्ने भएको वीरेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका कार्यक्रम संयोजक तेजविक्रम बस्नेतले जानकारी दिए । ‘सबैका लागि खेल’ नारासहित खेलकुदको प्रवर्द्धन र खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।

संयोजक बस्नेतका अनुसार १० किलोमिटर खुला दौड प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्नेले क्रमशः रु ५० हजार, रु ३० हजार, रु २० हजार, रु १५ हजार र रु १० हजार नगद पुरस्कार पाउनेछन् ।

त्यसैगरी, विद्यालयस्तरीय पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्नेले क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार, रु पाँच हजार र रु तीन हजार पुरस्कार पाउनेछन् ।  रासस