२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा फहराईयो नेपाली झण्डा



अ+ अ-

अमेरिका । अमेरिकाको न्यूजर्सीमा रहेका नेपालीहरुले पहिलो पटक नेपाल डे उत्सव मनाएका छन् । नेपाली पहिचान, कला, संस्कृति र पर्यटन प्रवद्र्धनको उद्देश्यले शनिबार आयोजना गरिएको कार्यक्रममा न्यूजर्सी र न्यूयोर्कका नेपाली एवं नेपाली मूलका अमेरिकीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुको व्यानर सहित नेपालीहरु आआफ्नो मौलिक पोशाकमा उपस्थित भएका थिए । कार्यक्रम स्थलमा नेपालका मौलिक सामाग्रीहरुको स्टल राखिएको थियो ।

संयुक्त राष्ट्संघका लागि नेपाल सरकारका स्थायी प्रतिनिधि एवं राजदुत लोकबहादुर थापा र फेरलन सिटीका उपमेयर जोश रेईनिजले संयुक्त रुपमा उद्घाटन गरेको कार्यक्रममा नेपाल झल्किने विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा राजदुत थापाले नेपालको पर्यटन प्रवद्र्धनमा यस्ता कार्यक्रमले निकै सहयोग पुर्याउने भन्दै जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने बताउनु भयो ।

त्यस्तै नेपाल सरकारका पर्यटन प्रवद्र्धक गोकुल श्रेष्ठले सिटीका उपमेयर जोश रेईनिजलाई नेपाल सम्बन्धि जानकारी मुलक पुस्तकहरु हस्तान्तर गर्दै नेपाल भ्रमणका लागि आग्रह गर्नु भयो । उहाँले संक्षिप्त मन्तव्य व्यक्त गर्दै नेपाल सुरक्षित, रमणिय, प्राकृतिक सुन्दरता एवं सांस्कृतिक विविधतायुक्त भएकाले देशप्रति सधै सकारात्मक सन्देश प्रवाह गर्न सहभागिहरुलाई आग्रह गर्नु भयो । कार्यक्रमलाई स्थानीयवासीहरुले निकै रुची पूर्वक अवलोकन गरेका थिए ।

ग्रेटर जर्सी नेपाली समाज, न्यूजर्सी नेपाली समाज, गैर आवासीय नेपाली संघ, अमेरिका न्यूजर्सी च्याप्टर, एआरसी फर नेपाल, कारणका लागि महिला, फ्रेण्ड्स अफ नेपाल एवं स्थानीय सामाजिक संघसंस्था र नेपाल सरकार पर्यटन प्रवद्र्धक, न्यूयोर्कको समन्वयमा नेपाल डे कार्यक्रम गरिएको हो । राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सञ्जिव श्रेष्ठ इभेन्ट डाईरेक्टर र सतेन्द्र शाहले कन्भेनरको भूमिका निर्वाह गर्नुभएको थियो ।

न्यूजर्सीमा नेपाल डे कार्यक्रम आगामी वर्षहरुमा पनि निरन्तर गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय प्रशासन तथा आम नेपाली समुदायलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

संञ्चारकर्मी विक्कि पुलामी र मिस नेपाल इन्टरनेशनल २०१२ सुवेक्षा खड्काले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा स्थानीय कलाकारहरुले प्रस्तुति दिएका थिए ।

तस्विरः KS Photography