२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको साताव्यापी भ्रमण गरेर पूर्वराष्ट्रपति भण्डारी आज फर्कंदै



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको साताव्यापी भ्रमण सकेर आज स्वदेश फर्कंदै हुनुहुन्छ । भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीलाई चीनलेको वरिष्ठ नेताको रुपमा सम्मान गर्दै वाम एकताका लागि पहल गर्न सुझाव दिएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपतिलाई भेट्नु भएको थियो । एमालेले पूर्वराष्ट्रपतिको हैसियतले भण्डारी चीन भ्रमणमा गएको बताए पनि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले एमाले वरिष्ठ नेताका रूपमा सम्बोधन गरेको छ । गत शनिबार बेइजिङमा भण्डारीसँग भएको भेटमा सीपीसी विदेश विभाग प्रमुख लिउ चियानछाओले नेपालमा राजनीतिक स्थायित्वका लागि वामपन्थी शक्ति मिल्न आवश्यक भएको सुझाव दिनुभएको थियो ।

भेटमा लिउले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) जस्ता सहयोग तीव्र पार्न र दुई देशको साझा भविष्यमा सुधार आवश्यक भएको बताउनुभयो । पूर्वराष्ट्रपति भण्डारीले नेपालको विकासमा दीर्घकालीन सहयोगका लागि चिनियाँ कम्युनिस्ट पार्टी, चिनियाँ सरकारलाई धन्यवाद दिनुभएको थियो । भण्डारी यही जेठ १० मा चीन भ्रमणमा जानुभएको हो । उनको टोलीमा एमाले विदेश विभाग प्रमुख एवं सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्ण थापालगायत छन् ।

लिउले नेपाल र चीनबीच भएको बीआरआई कार्यान्वयन चाँडो होस् भन्ने चाहेको बताउनुभएको छ । बीआरआई परियोजना अघि बढाउने पक्षमा आफू रहेको उल्लेख गर्दै भण्डारीले राष्ट्रपतिको हैसियतले २०७६ वैशाखमा भएका सहमति स्मरण गराउनुभएको थियो । भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति चिनफिङले २०७६ असोजमा नेपालको भ्रमण गर्नुभएको थियो ।

सीपीसीले बेइजिङमा गत सोमबार गरेको छिमेकी देशका नेताहरूको सम्मेलनमा भण्डारीलाई प्रमुख वक्ताका रूपमा सहभागी गराएको थियो ।

भण्डारीले चीनको गान्सु प्रान्तको डुनहुवाङमा सभ्यता आदानप्रदान सम्वादलाई सम्बोधन गर्नुभएको थियो । उहाँले शुक्रबार साँझ गान्सु प्रान्तको डुनहुवाङ १३ औं राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका उपाध्यक्ष तथा चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष ची बिंग्सुआनसँग पनि भेटवार्ता गर्नुभएको थियो ।