२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजा वीरेन्द्रको २४ औँ स्मृति सभा सम्पन्न



अ+ अ-

काठमाडौँ । स्वर्गीय राजा वीरेन्द्रको २४ औँ स्मृति सभा सम्पन्न भएको छ ।

राजा वीरेन्द्रको २४ औँ स्मृतिमा स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले सोमवार जावलाखेलस्थित शालिकमा माल्र्यापणसहित विभिन्न कार्यक्रम गरी सभा सम्पन्न गरेको हो ।

सभामा बोल्दै प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राजा वीरेन्द्रले गरेको प्रयासलाई पूरा गर्न सबैको सहयोग र प्रतिवद्धता आवश्यक रहेको बताउनु भयो । उहाँले राजनीतिक अस्थिरता र धु्रवीकरण बढिरहेको तथा शान्ति र अमनचैन खल्बलिएको उल्लेख गर्दै यस अवस्थामा राजा वीरेन्द्रको शान्ति अभियानको आवश्यकता र सान्दर्भिकता समेत बढ्दै गएको बताउनु भयो । उहाँले समुदायमा द्वन्द्व र युद्ध बढिरहेको अवस्थामा विश्व शान्तिका अभियन्ता राजा वीरेन्द्रको शान्ति अभियानलाई सबैले अनुशरण गर्नसके शान्ति स्थापना सम्भव हुने अध्यक्ष खनालको भनाइ छ । राजा वीरेन्द्रको शान्ति अभियानलाई सार्थकता दिने, विकासका अवधारणालाई अवलम्वन गर्ने, विकासलाई विकेन्द्रिकरण गर्दै प्रदेश खारेज गर्नु नै प्रतिष्ठानको मुख्य उद्देश्य रहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राजा वीरेन्द्रले गर्नुभएका प्रयासलाई पूरा गर्न सबैको सहयोग र प्रण आवश्यक भएकाले प्रतिष्ठान सबैलाई एकवद्ध हुन आग्रह गर्दछ । आज एकातिर राजनीति अस्थिरता र ध्रुवीकरण बढिरहेको छ र अर्कोतर्फ शान्ति र अमनचैन खल्बलिएको अवस्था छ । यस्तो अवस्थामा राजा वीरेन्द्रको शान्ति अभियानको आवश्यकता र सान्दर्भिकता झन् बढ्दै गएको छ । वीरेन्द्र शान्ति सँगसँगै विकासप्रेमी राजाको पनि पहिचान बनाएका राजा हुन् । आजको विश्वका विभिन्न देशहरूबिच द्वन्द्व र युद्ध बढिरहेको अवस्थामा विश्व शान्तिका अभियन्ता राजा वीरेन्द्रको शान्ति अभियानलाई सबैले अनुशरण मात्र गर्न सकियो भने पक्कै पनि शान्ति स्थापना सम्भव छ ।’

उहाँले दरबार हत्याकाण्ड भएको २४ वर्ष पूरा हुँदा पनि अझै गुपचुप र रहस्यमयी नै हुनु विडम्वना भएको बताउनु भयो । उहाँले हत्यारा पत्ता लगाई सत्यतथ्य यथार्थ नेपाली जनतासमक्ष ल्याउन समेत सरकारसँग माग गर्नुभयो ।