२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी दलहरुलाई ओलीको चेतावनीः ज्यादती अब सह्य हुँदैन,संसद चल्छ



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी राजनीतिक दलहरुको ज्यादती अब सह्य नहुने चेतावनी दिनुभएको छ ।

संसदीय दलको बैठकमा सोमवार बानेश्वरमा सांसदहरुलाई प्रशिक्षित गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

उहाँले अहिले केही नपाएर अब गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको बताउनु भयो । उहाँले गृहमन्त्रीमाथि कुनै तथ्य, प्रमाण नरहेको भएपनि एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो भनेको भरमा राजीनामा मागेर संसद अवरुद्ध गर्न नहुने बताउनु भयो । गृहमन्त्रीमाथि रिस उठेको भरमा राजीनामा मागेर राजीनामा नआउने बताउनु भयो । मंगलवारको संसदमा विपक्षी राजनीतिक दलहरुले विरोध जनाएपछि कारबाही अघि बढ्ने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले केही नपाएर अब गृहमन्त्रीको राजीनामा ? केही तथ्य, केही प्रमाण केहीले गृहमन्त्रीलाई छुनुपर्छ । केहीले छोएको छैन, केही भएको छैन, एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो अरे, भनेका भरमा के सोध्यो पनि थाहा छैन । बयान लिएको छैन । त्यस्तो अवस्थामा हामीलाई रिस उठेको छ,गृहमन्त्री त्यसकारण राजीनामा गर्नुपर्छ यस्ता कुराले संसद अवारोध हुँदैन । म स्पष्ट भन्न चाहन्छु । तपाईंहरु मेण्टल्ली तयार भएर बस्नुस् । यसरी संसद अवरोध हुँदैन । यसरी संसद अवरोध चल्दैन यो । जहिले पनि संसद अवरोध, जहिले पनि संसद अवरोध, दुई जना उठ्यो, करायो, हल्ला ग¥यो, संसद अवरोध ? संसद अवरोध त्यसरी हुन सक्दैन । उहाँहरु कराउनु होला, तर संसद अघि बढाउनुपर्छ । धेरै भयो उहाँहरुको ज्यादती पनि धेरै भयो । अत्ति नै भयो । उहाँहरुलाई सडक पनि चाहिएकै छ, त्यहाँ पनि वितण्डा खडा गर्ने भएको छ । त्यहाँ पनि बाटो जाम गर्नै भएको छ । अनि जो बोल्छ, जसले अलिकति कुरा गर्दछ, कसैले बोल्यो, आफ्ना माग बोल्यो भने मेरो समर्थन छ भनेर त्यहाँ कुदेर पुग्छ । कोही माईतीघर मण्डलामा आयो अरे भनेको सुनेपछि पुगिहाल्छन् । साइँलाले पैसा सापटी लिएको मलाई तिरेन भनेर माईतीघर मण्डलामा कोही आयो भने विपक्षी पार्टी सबै कुदेर पुग्ने, हामी साथमा छौँ, आन्दोलन नछोड्नुस्, सरकारले धोका दिनसक्छ, माग पूरा गराएरै छोड्नु्स्, पैसा पाउनुपर्छ, यस्तो तरिका छ, यो तरिका होइन ।’

अध्यक्ष ओलीले विपक्षी दलहरुले संसद र सडकमा वितण्डा खडा गरेको बताउनु भयो ।