२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरोही कल्याणकारी कोष स्थापना गरिने



अ+ अ-

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आरोही कल्याणकारी कोष स्थापना गर्ने सोचमा सरकार रहेको बताउनुभएको छ ।

अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूूर्ण गाउँपालिकाले आज नारच्याङमा आयोजना गरेको कार्यक्रममा सरकारले पर्यटन नीतिमा समसामयिक सुधारका साथै कल्याणकारी कोष स्थापना गर्ने सोचाइ बनाएको बताउनुभयो ।

“पर्यटनमार्फत देशको अर्थतन्त्रलाई गतिशील बनाउन पर्यटन नीतिमा सुधार गर्न लागिएको छ,” उहाँले भन्नुभयो, “पर्यटन नीतिमा आरोही कल्याणकारी कोष स्थापनाको प्रस्ताव गरेका छौँ ।”आरोही कल्याणकारी कोषमार्फत दुर्घटनामा परेका पर्वतारोहीहरुको उद्धार, उपचार र पर्वतारोहणपछिको जीवनलाई सहज बनाउन सघाउने सरकारको योजना रहेको मन्त्री पाण्डेले बताउनुभयो ।

गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री मित्रलाल बस्यालले पोखरालाई गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटकीय राजधानीलाई सङ्घीय मन्त्रिपरिषद्बाट अनुुमोदन हुनुपर्नेमा जोड दिनुभयो ।