२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पद्मकन्या कलेजको रङ्गीन भित्ताहरु- फोटो फिचर



अ+ अ-

काठमाण्डौं । बागबजारमा रहेको पद्मकन्या कलेजले पर्खालमा यतिबेला सुन्दर चित्रहरु कोरिएका छन् ।

फुस्रो फुङ्ग उढेको पर्खाल यतिबेला कलात्मक मन्दिरको पर्खाल जस्तो देखिएको छ । जहाँ काठमाडौ उपत्यकाको कला, सस्कृति र सभ्यता झल्कने चित्रहरु कोरिएका छन् ।

त्यहाँको भित्तामा कोरिएका जीवित चित्रहरू केवल रङ्गीन चित्रमात्र होइनन् — तिनीहरू सामाजिक कथाहरू बोकेका सन्देशदायी संरचना समेत हुन् । नेपालकै सांस्कृतिक र भौगोलिक विविधतालाई समेटेका चित्रले त्यस क्षेत्रलाई सुन्दर बनाएको छ ।

पर्खालको सामुन्ने रहेको मेरिना ईम्पेसका अर्जुन बस्नेतले भन्नुभयो “बिगतमा फोहर थुप्रिएर हेर्दा नै दिक्क लाग्दो देखिन्थो तर अचेल त पर्खाल तीर मात्र हेरिरहन मन लाग्छ ।”

काठमाडौँ महानगरपालिका र सौगात आर्ट्स नेपालको सहकार्यमा नेपालका विभिन्न सांस्कृतिक पहिचान झल्कने चित्रहरु (मुराल) कोरिएको हो ।

महानगरले सहरको सौन्दर्यीकरण अभियानअन्तर्गत काठमाडौँका विभिन्न स्थानमा यस्ता मुराल बनाएको छ ।