१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड-१९ बाट नेपालमा थप एक जनाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो



अ+ अ-

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार बिहान कोरोनाबाट संक्रमित गोरखा पालुङटार नगरपालिका- ७ का एक पुरुषको मृत्यु भएको हो । 

कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका पुरुष शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ।

जीवनज्योति माविको क्वारेण्टाइन बसेका उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ।