२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो : राज्यमन्त्री विक



अ+ अ-

काठमाडौँ। वन तथा वातावरण राज्यमन्त्री रुपा विकले प्लास्टिक प्रदूषण नियन्त्रण गर्न सरकारको एक्लै प्रयासले मात्र सफलता प्राप्त नहुने उल्लेख गर्दै सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको छ ।

विश्व वातावरण दिवसका अवसरमा मन्त्रायलको वातावरण विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा राज्यमन्त्री विकले प्लास्टिक प्रदूषणको निराकरण गर्न वन मन्त्रालय मात्र नभई सबै मन्त्रालय र सम्बन्धित निकायको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।

प्लास्टिक प्रदूषण विश्वमै समस्याका रुपमा रहेको र यसको पुनःप्रयोग बढाउनुपर्नेमा जोड दिँदै राज्यमन्त्री विकले प्लास्टिक प्रदूषण रोक्न प्रत्येक व्यक्तिले प्लाष्टिकको विकल्पमा लाग्नुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री गणेश साहले प्लास्टिक प्रदूषण नियन्त्रणका लागि व्यक्तिको व्यवहारमा नै परिवर्तन आवश्यक रहेकामा जोड दिनुभयो । साथै उहाँले प्रदूषण नियन्त्रणका लागि आवश्यक नीति बनाई प्रभावकारी कार्यान्वयन हुनुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले प्लास्टिक मानिसको जीवनसँग जोडिएको र विगतसम्म सहयोगी नै भएको उल्लेख गर्दै अब प्रदूषणका रुपमा परिणत भएकाले यसले मानव सभ्यतालाई जोखिममा पार्न सक्ने बताउनुभयो । उहाँले प्रदुषण नियन्त्रण गर्न सबै तहका सरकारका साथै सरोकारवाला निकाय तथा प्रत्येक व्यक्तिले पहल गर्नुपर्ने उल्लेख गर्नुभयो । रासस