२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै



अ+ अ-

काठमाडौँ। काठमाडौँ उपत्यकामा सडक विस्तारमा परेका घरजग्गाको मूआब्जा दिने विषयमा छलफल सुरु भएको छ ।

उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सडक विस्तारमा परेर मुआब्जा नपाएकालाई कानूनअनुसार मुआब्जाको प्रक्रिया अघि बढाउने विषयबारे छलफल गर्नुभएको हो ।

मन्त्रालयमा आज भएको छलफलमा उपप्रधानमन्त्री सिंहले सर्वाेच्च अदालतको फैसला बमोजिम मूआब्जा दिनुपर्ने जग्गाको विषयमा काठमाडौँ उपत्यका विकास प्राधिकरणसँग जानकारी लिँदै अदालतको फैसला कार्यान्वयनमा अघि बढ्न निर्देशन दिनुभएको प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री सिंहको सक्रियतासँगै वर्षाैदेखि मुआब्जा कुरिरहेका काठमाडौँ उपत्यकावासीको माग सम्बोधनको दिशामा अघि बढेको छ । अहिले साँखु सडक खण्ड, धोबिखोला, कलङ्की–नागढुँगा सडक खण्ड, डिल्लिबजारसहितका स्थानमा सडक विस्तारमा परेका स्थानीयले घरजग्गाको मूआब्जा पाएका छैनन् ।

विसं २०६८ देखि २०७५ सालसम्म अधिग्रहणमा परेर मूआब्जा नपाउनेहरु क्षतिपूर्तिको माग गर्दै सर्वाेच्च अदालत पुगेका थिए । सर्वाेच्चले अधिग्रहणमा परेका जग्गाको क्षतिपूर्ति दिन भनी आदेश दिएको थियो । तर हालसम्म अदालतको आदेश कार्यान्वयन नहुँदा घरजग्गा गुमाएका सर्वसाधारण मारमा परेका छन् ।

उपप्रधानमन्त्री सिंहको चासोसँगै अब सडक विस्तारमा घरजग्गा गुमाएकाहरूले छिट्टै क्षतिपूर्ति पाउने छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणका काठमाडौँ जिल्ला आयुक्त सुवास बस्नेतले काठमाडौँमा मात्रै २०७५ सम्म १३ सय परिवारले क्षतिपूर्ति लिइसकेको र ८१५ परिवारले क्षतिपूर्ति लिन बाँकी छ ।

“अदालतबाट फैसला भइसकेको घरजग्गाको मूआब्जाको विषय अघि बढाउन उपप्रधानमन्त्री सिंहले निर्देशन दिनुभएको छ । फैसला भएका घरजग्गाको विषयमा प्राधिकरण अब अघि बढ्छ”, विकास आयुक्त ढकालले भन्नुभयो । जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जग्गा प्राप्ति, मुल्याङ्कन प्रमुख जिल्ला अधिकारीले गर्ने व्यवस्था रहेको छ । रासस