२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिशा पटानीले किन विमानस्थलमा प्रवेश अनुमति पाइनन् ?



अ+ अ-

एजेन्सी । आइतबार बिहान बलिउड अभिनेत्री दिशा पटानीलाई मुम्बई विमानस्थलमा देखियो । उनी यात्राको लागि तयार देखिएकी थिइन्, तर अचानक केही गडबड भयो ।

दिशाको एउटा भिडियो सार्वजनिक भएको छ । दिशाले आफ्नो राहदानी घरमै बिर्सेको भनिएको छ ।

भिडियोमा दिशा सेतो फिट भएको फुल स्लिभ टी–शर्ट र हल्का नीलो ब्यागी जिन्समा देखिएकी थिइन् । गेटमा जानुअघि उनले क्यामेराको लागि मुस्कुराउँदै पोज पनि दिइन् । फर्कने क्रममा एक फोटोग्राफरले सोधे, ‘के भयो ?’ दिशाले मुस्कुराउँदै भनिन्, ‘केही भएको छैन ।’ त्यसपछि, उनी हाँस्दै आफ्नो कारमा बसिन् ।

हालै दिशा पटानीको बारेमा खबर आएको थियो कि उनी चाँडै नै अलौकिक एक्सन–थ्रिलर फिल्म ‘होलीगार्ड्स’ मा देखिनेछिन् । विशेष कुरा के छ भने यो फिल्म मार्फत ओस्कर विजेता निर्देशक केभिन स्पेसी लगभग दुई दशकपछि निर्देशनमा फर्कदैछन् ।

यो फिल्म मेक्सिकोमा छायांकन गरिएको छ र यसमा धेरै अन्तर्राष्ट्रिय स्टारहरू पनि देखिनेछन् । दिशासँगै डल्फ लुन्डग्रेन, टायरेस गिब्सन र ब्रायना हिल्डेब्रान्ड पनि फिल्ममा महत्त्वपूर्ण भूमिकामा छन् ।

दिशा पटानीले आफ्नो फिल्मी करियर साउथ इन्डस्ट्रीबाट सुरु गरेकी थिइ न्। उनले २०१५ मा तेलुगु फिल्म ‘लोफर’ बाट अभिनयमा डेब्यू गरिन् । यसपछि, उनले २०१६ मा सुशान्त सिंह राजपूतसँग ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ मा देखा पर्दा हिन्दी सिनेमामा ब्रेक पाइन् ।

यस फिल्ममा उनले प्रियंका झाको भूमिका निर्वाह गरेकी थिइन्, जुन दर्शकले धेरै मन पराए । २०१७ मा उनले ज्याकी चानसँग अन्तर्राष्ट्रिय फिल्म ‘कुङ फू योगा’मा पनि काम गरिन् ।

यसपछि दिशाले टाइगर श्राफसँग ‘बागी २’ ब्लकबस्टर एक्सनमा काम गरिन् । त्यसपछि २०१९ मा उनी सलमान खानसँग फिल्म ‘भारत’ मा देखिइन् । २०२० को फिल्म ‘मलंग’मा काम गरेकी थिइन् । दिशा २०२४ मा दुई ठूला फिल्म ‘कलकी २८९८ एडी’ र ‘कंगुआ’ मा पनि देखिइन्।




भर्खरै