२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनले गर्दा १ सय २० जना नेपालीको शव अझै स्वदेश फर्किएन



अ+ अ-

विभिन्न कारण ज्यान गुमाई लकडाउनले गर्दा अड्किएका ८९ शव नेपाल ल्याइएको बोर्डले जनाएको छ। कतारबाट २०, साउदी अरबबाट २०, मलेसियाबाट ३१, कुवेतबाट ७, यूएईबाट ५, बहराइनबाट ३ र ओमानबाट १ जनाको शव नेपाल ल्याइएको हो। यसबाहेक १ सय २० जनाको शव अझै विभिन्न मुलुकमै छन्। कोरोना कहरका कारण विदेशमा अलपत्र परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्किएका छन्। जेठ २२ देखि असार १३ गतेसम्म विभिन्न मुलुकबाट उनीहरूलाई ल्याइएको हो।

कुवेतबाट २ हजार २, यूएईबाट २ हजार १७, साउदी अरेबियाबाट १ हजार २ सय १८, मलेसियाबाट ९ सय २१, बंगलादेशबाट ८ सय १५, कतारबाट ६ सय ३८, माल्दिभ्सबाट ६ सय ४, जापानबाट ४ सय ९२, अस्ट्रेलियाबाट २ सय ६९, बहराइनबाट ४ सय २०, थाइल्यान्डबाट ३ सय २६ जना फर्किएका कोभिड–१९ नियन्त्रण व्यवस्थापन समितिले जनाएको छ। त्यस्तै, ओमानबाट ३ सय १३, अमेरिकाबाट ४ सय ८३, दक्षिण कोरियाबाट २ सय २८, सिंगापुरबाट १ सय ४६, बेलायतबाट २ सय २९, हङकङबाट ८९, पाकिस्तानबाट ७२, म्यानमारबाट २६, अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना फर्किएका छन् । अन्न्पुर्णपोष्ट दैनिक