२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशको बजेट आज, पूर्वाधार, कृषि, रोजगारी प्राथमिकतामा



अ+ अ-

न्यूजपोलार ए.आई.

सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै

असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था

अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने

प्राय सबै प्रदेशले पूर्वाधार, कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेका छन्

काठमाडौं । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछन् । असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आजसातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् ।

अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले पूर्वाधार, कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेका छन् ।

कोशी प्रदेश सरकारले पूर्वाधार, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमितकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । कोशी प्रदेश सरकारले गत वर्षकै आकारमा बजेट ल्याउने जनाएको छ । कोशीले गत वर्ष ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

मधेश प्रदेश सरकारले कृषिक्षेत्रको आमूल सुधारलाई प्राथमिकतामा राखेर बजेट ल्याउँदै छ । बढ्दो बेरोजगारीलाई सम्बोधन गर्न सरकारले रोजगारी सिर्जनालाई प्राथमिकता दिने छ । मधेशमा गत वर्ष ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट आएको थियो ।

बागमती प्रदेशले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको छ । बागमती प्रदेश सरकारले गत वर्ष सातै प्रदेशमा सबैभन्दा ठूलो आकारको अर्थात ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

गण्डकी सरकारले आत्मनिर्भर प्रदेशको आधार तयार गर्ने गरी बजेट ल्याउने भएको छ । इन्भेस्ट गण्डकी कार्यक्रमका लागि आगामी वर्ष लगानी सम्मेलनको तयारी छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पहिले घरदेश अनि परदेश अभियानसहित बजेट सार्वजनिक गरिँदैछ । गण्डकीमा गत वर्ष ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट सार्वजनिक गरेको थियो ।

लुम्बिनीले कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दैछ । चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको लुम्बिनीले आगामी वर्षका लागि भने झण्डै ३५ अर्बको मात्र ल्याउने तयारी छ ।

कर्णाली सरकारले सीमान्तकृतको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित बजेट ल्याउने भएको छ । यो प्रदेशले गतवर्ष ३१ अर्ब ४१ करोडको बजेट सार्वजनिक गरेको थियो ।

त्यसैगरी सुदूरपश्चिम सरकारले क्रमागत र बहुवर्षीय आयोजनामा बजेट केन्द्रित गर्ने तयारी गरेको छ । निर्वाचन क्षेत्र केन्द्रित गरी प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई ५ करोड र समानुपातिकलाई ३ करोड बजेट छुट्याउने तयारी छ । सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ल्याएको थियो ।