२४ असार २०८३, बुधबार
,
Latest
सवारी नियम उल्लङ्घनको कारबाही: चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रतिनिधिसभा बैठक बस्दै, चार महत्त्वपूर्ण विधेयक प्रस्तुत हुँदै तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः  १४ किमी  कालोपत्र वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए भेरी करिडोरः पुल र सडक कहिले होलान् पूरा ? ‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाचिँदा तीन जनाको मृत्यु



अ+ अ-

न्यूजपोलार ए.आई.

पाँचथरको हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा तीन जनाको मृत्यु

मृत्यु हुनेमा रुपलाल चौधरी, राजन चौधरी र प्रकाश चौधरी रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ ।

२०८० असार २ गतेको बाढीले बगाएपछि यहाँ पहिलो पटक बेलिब्रिज बनाइएको थियो ।

२०८१ गत असोज १२ गते आएको बाढीले बगाए पछि दोस्रो पटक पुन: बेलिब्रिज

पाँचथर । मेची राजमार्गस्थित पाँचथरको हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय प्रकाश चौधरी रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ ।

बेलिब्रिज खस्दा घाइते तीनै जनालाई पाँचथरबाट रेफर गरेर बिराटनगर नोवल अस्पताल पठाइएको थियो । सोही अस्पतालका चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका हुन् ।

हिजो साँझ ६ बजे निर्माणाधीन बेलिब्रिज खसेको थियो । मेची राजमार्ग अन्तरगत पाँचथर खण्डमा रहेको हेंवा खोलाको पक्की पुल पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएपछि यहाँ पहिलो पटक बेलिब्रिज बनाइएको थियो ।

त्यो बेलिब्रिज २०८१ गत असोज १२ गते आएको बाढीले बगाए पछि दोस्रो पटक पुन: बेलिब्रिज हाल्न संघीय सरकारले सडक डिभिजन इलाममार्फत प्रकृया अगाडी बढाएर दोभान सुपर सौगात लाइट बिल्डर्स जेभि नामक निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेर काम गरिरहेको छ ।

पुल बगेपछि अहिले हृयुम पाइपमार्फत डाइभर्सन गरेर यातायात आवागमन गराइदैछ । यद्यपी ठुलो वर्षा भएर खोलो बढ्नासाथ डाइभर्सन छोपिने र बग्ने जोखिम छ ।