२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशसँगको विद्युत व्यापारमा कुनै आर्थिक जोखिम छैनः ऊर्जामन्त्री खड्का



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले बंगलादेशसँगको विद्युत व्यापारमा नेपाल कुनै आर्थिक जोखिममा नरहेको स्पष्ट पार्नुभएको छ ।

आईतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले यस्तो स्पष्ट पार्नुभएको हो । उहाँले बङ्गलादेशले अघिल्लो वर्षको विद्युत् भुक्तानी समयमै गर्न नसकेको स्वीकार गर्दै त्यो बैङ्क ग्यारेन्टीको दायराभित्र पर्ने जिकिर गर्नुभयो । उहाँले भारत र अडानी ग्रुपसँगको सम्झौता जस्तो संवेदनशील अवस्था नेपाल र बङ्गलादेशबिच नरहेको दाबी गर्नुभयो । मन्त्री खड्काले २८, ५०० मेगावाटको लक्ष्य प्राप्तिको लागि प्रक्रियागत सुधारका कामहरू भइरहेको जिकिर गर्नुभयो । उहाँले लक्ष्य प्राप्तिमा कुनै समस्या नहुने दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, “बङ्गलादेशले विद्युत्को पैसा तिर्न सकेको छैन, लास्ट इयर पनि तिरेको छैन भन्ने कुरा, हाम्रो सम्झौतामै छ, हामीहरूले बैङ्क ग्यारेन्टी लिएर दिन्छौँ । लास्ट इयर एक दिनको मात्रै भएको कारणले त्यो पनि हामीकहाँ बैङ्क ग्यारेन्टी भित्रै पर्छ । हाम्रो त्यस्तो इन्डियासँगको जस्तो, अडानी ग्रुपसँगको जस्तो छैन । हामी यसमा सुरक्षित छौँ, लेनदेनको विषयमा । २८ हजार ५०० को लक्ष्य र काम गराइ भएन भन्ने होइन । यसमा धेरै प्रक्रियागत कुराहरूको सुधार भइसकेको छ । हामीले कमिटी नै बनाएर काम गरिरहेका छौँ । भएका आयोजनाहरू सबैलाई बाहिर ल्याउने, सबैको काम गराउने । हामीसँग ठुला ठुला आयोजनाहरू पनि, एउटै आयोजना हामीले अहिले सम्पन्न गर्दै गर्दा पनि २५ सय मेगावाटका आयोजनाहरू, ४–५०० हजार मेगावाटका आयोजनाहरू पनि छन् । यिनमा पनि काम भइरहेको छ । लक्ष्य प्राप्तिमा समस्या हुन्छ जस्तो हुँदैन ।” 

नेपालले आईतवारदेखि बङ्गलादेशमा व्यावसायिक रूपमा पहिलो पटक विद्युत निर्यात शुरु गरेको छ । आगामी १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरी भारतमा दश हजार मेगावाट र बङ्गलादेशमा ५ हजार मेगावाट गरी १५ हजार मेगावाट भन्दा बढी विद्युत निर्यात गर्ने नेपालले लक्ष्य लिएको छ ।




सम्बन्धित समाचार
भर्खरै