२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाद्वारा प्रतिनिधि सभाको बैठक बहिष्कार



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ ।

सोमवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बैठक बहिष्कार गरेको बताउनुभएको हो ।

उहाँले संसद्मा विरोध जारी राखिरहेको बेला जबरजस्ती संसद अगाडी बढाउनु संसदीय मर्यादाको दृष्टिकोणले उचित नहुने बताउनु भयो । उहाँले जबसम्म संसदलाई जबरजस्ती अगाडी बढाउने काम भइराख्छ तबसम्म उक्त कर्मकाण्डमा राप्रपा सहभागी नहुने जिकिर गर्नुभयो ।

अध्यक्ष लिङदेनले बैठक बहिष्कार गर्दै बैठक भत्ता राजश्वमा फिर्ता हुने व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले यो संसद्मा जे कुरा भइराखेको छ, म सभामुख महोदयलाई आग्रह गर्न चाहन्छु, सभामुख संसद्को अभिभावक हो । संसद्मा दुई राजनीतिक दलहरूले महत्वपूर्ण विषयमा आफ्नो फरक मत राखिरहेका छन् । विरोध जारी राखिरहेको बेला जबरजस्त संसद अगाडी बढाउनु संसदीय मर्यादाको दृष्टिकोणले पनि उचित हुँदैन र सभामुख स्वयंका लागि पनि यो अरूले राम्रो देख्ने विषय होइन । जबसम्म जबरजस्त यसरी संसद् अगाडी बढाउने काम भइराख्छ, यो कर्मकाण्डमा राप्रपा सहभागी हुँदैन । हामी बहिष्कार गर्छौ । हाम्रो बैठक भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था हो ।”

उहाँले संसद्मा एक सय सिट भएको पार्टी र एक सिट मात्रै भएको पार्टीको पनि उत्तिकै मर्यादा र हैसियत हुनुपर्ने बताउनु भयो । साथै, उहाँले जसले कुनैपनि विचारलाई निषेध गर्न नपाइने गरी निर्वाचन प्रणाली बनायो, उसैले यसको उल्लङ्घन गरिरहेको जिकिर गर्नुभयो ।