२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धवलशमशेरसँग ३ लाख रुपैयाँ धरौटी माग



अ+ अ-

काठमाडौँ । राप्रपा महामन्त्री डा. धवलशम्शेर राणासँग ३ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

राणाको थुनछेक बहसपिछ काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालले सो आदेश गरेका हुन् ।

जिल्ला अदालत काठमाडौंमा सोमबार भएको थुनछेक बहसपछि धरौटी माग गरिएको हो ।

गत चैत १५ गते पक्राउ परेका राणा उमेर र स्वास्थ्यका कारण हाजिरी जमानीमा छुटेका थिए । आज उनी बयानका लागि उपस्थित भएका थिए ।

राणाको बयानपछि बहस भएको थियो । उनको तर्फबाट डा. भीमार्जुन आचार्य, शतिशकृष्ण खरेल, गोविन्द बन्दी, बिष्णु भट्टराई, राजु बस्नेत लगायतले बहस गरे । यस्तै सरकारी पक्षबाट ४ जना वकिलहरुले बहस गरेका थिए ।