२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसभित्र अनुशासन हराउँदै गएको छ-सहमहामन्त्री राठौर



अ+ अ-

बाँके। नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र अनुशासनको अनुभूति हराउँदै गएको बताउनुभएको छ ।

नेपाली कांग्रेस निकट नेपाल किसान महासङ्घ बाँके क्षेत्र नं २ ले आज नेपालगञ्जमा आयोजना गरेको नयाँ कार्यसमिति घोषणा सभामा सहमहामन्त्री राठौरले पार्टी पदाधिकारीबाटै गुटको राजनीति गर्दै पार्टीभित्र अराजकता बढाइरहेको आरोप लगाउनुभयो ।

“पार्टीभित्र अराजकता बढाउने काम भइरहेको छ, विधि विधान र प्रक्रियाभन्दा बाहिर गएर महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैन”, उहाँले भन्नुभयो, “लावालस्कर र हो हल्ला गरेर पार्टी चल्दैन र लोकप्रिय पनि भइँदैन ।”

नेपाल किसान महासङ्घ बाँके क्षेत्र नम्बर–२ मा सुरेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा सत्र सदस्यीय कार्यसमिति घोषणा गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा सम्सुद्दिन खाँ, सचिवमा विजय मल्ल, सह सचिवमा विजयरत्न श्रेष्ठ र कोषाध्यक्षमा देवराज न्यौपाने रहनुभएको छ । रासस