२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गर्‍यो



अ+ अ-

काठमाडौँ।  आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण स्वीकृत गरेको छ ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन असार १४ गते स्पेन प्रस्थान गर्ने कार्यक्रम छ। सम्मेलनमा उनले नेपालका तर्फबाट सम्बोधन गर्ने र विकासशील राष्ट्रहरूको पक्षमा सशक्त पैरवी गर्ने तयारी छ।

प्रधानमन्त्री ओली असार २० गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ। उक्त भ्रमणलाई नेपालको विकास साझेदारी सुदृढ गर्ने अवसरको रूपमा लिइएको छ।

यससँगै मन्त्रिपरिषद् बैठकले जलस्रोतसम्बन्धी विधेयक फिर्ता लिने निर्णय पनि गरेको छ। विधेयकमा रहेका केही प्रावधानहरू स्वार्थ समूहद्वारा प्रभावित भएको आशंकामा फिर्ता लिने निर्णय गरिएको बताइएको छ। मन्त्रीहरूका अनुसार विधेयक पुनः परिमार्जन गरी पारदर्शी रूपमा अगाडि बढाइनेछ।

यो निर्णयले सरकारी प्रशासन, वैदेशिक सम्बन्ध, तथा नीति निर्माण प्रक्रियामा चासो राख्नेहरूमाझ महत्वपूर्ण सन्देश दिएको छ।