२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुराना दलहरुले देश र जनतालाई व्यवस्थित गर्न नसक्दा नकारात्मक शक्ति सल्बलाएः अध्यक्ष राई



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पुराना राजनीतिक दलहरुले देश र जनतालाई व्यवस्थित गर्न नसक्दा नकारात्मक शक्ति सल्बलाएको बताउनुभएको छ ।

ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुराना राजनीतिक दलहरुले समाज, राष्ट्र, जनता र आफ्नै पार्टीलाई समेत व्यवस्थित गर्न नसकेको बताउनु भयो । उहाँले जसको परिणमतः पुनःउत्थानवादी शक्तिहरुले बढी चलखेल गर्ने आँट गरिरहेको बताउनु भयो । पुराना दलहरुको कमी कमजोरीका कारणले पुनःउत्थानवादी शक्तिहरु सडक र सदनमा आएको जिकिर गर्नुभयो । जनता समाजवादी पार्टीले अब जरैदेखि बलियो ढंगले आधार तयार गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष राईले भन्नुभयो, ‘पुराना पार्टीहरुले समाजलाई, राष्ट्रलाई, जनता, राजनीतिलाई आफ्नै पार्टीलाई समेत व्यवस्थित गर्न नसक्दा, व्यवस्थापन गर्न नसक्दा यस खालका नकारात्मक शक्तिहरु, यस खालका पुनःउत्थानवादी शक्तिहरुले बढी चलखेल गर्ने आँट गरिरहेका छन् । आफ्नै पार्टीलाई पनि व्यवस्थापन गर्न नसक्ने, त्यही पार्टीको एकथरीले एकथोक, अर्कोथरीले अर्कोथोक भनेको छ । एकथरी टुटेर, फुटेर हिँड्नुपर्ने अवस्था भइरहेको छ । आफ्नो पार्टी ठिक ढंगले व्यवस्थापन गर्न सकेको भए, यदी मुलुक र जनतालाई, नेपाली राजनीतिलाई सही ढंगले व्यवस्थित गर्न सकेको भए यस्तो पुनःउत्थान शक्तिहरुले नाकारात्मक शक्तिहरुले सडकमा आउने हिम्मत गर्नै सक्दैन थिए । उनीहरु सदनसम्म आइपुग्ने अवस्थै हुँदैन थियो । पुराना दलहरुको कमी कमजोरीका कारणले यि सबै चिजहरु भएको हुँदा जनता समाजवादी पार्टीले अब जरैदेखि प्रयत्न गर्नुपर्नेछ । जगैदेखि बलियो ढंगले आधार राखेर अघि बढ्नुपर्नेछ ।’

अध्यक्ष राईले सरकार सकारात्मक रुपमा अघि बढ्नुपर्ने र नकारात्मक क्रियाकलाप गर्नेहरुसँग सरकार मिल्नु नहुने बताउनु भयो ।




भर्खरै