१७ असार २०८३, बुधबार
,
Latest
भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु वैदेशिक रोजगारीः लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन खुला सीमाबाट नक्कली औषधि र खोप भित्रिने जोखिम बढ्दो, नियमनमा जनशक्ति अभाव : औषधि व्यवस्था… झापाको मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि दफाबार छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए मेरो हजुर ४’को रिलिज सर्ने



अ+ अ-

काठमाडौं । नेपाली चलचित्र ‘ए मेरो हजुर ४’को रिलिज सर्ने भएको छ । आगामी दशैंमा रिलिज हुने भनिएको फिल्म कोरोनाको कारण छायाँकनमै रोकिएकाले रिलिज सर्ने भएको हो । 

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको रोमान्स रहेको ‘ए मेरो हजुर ४’को काम नसकिएकोले दशैंमा रिलिज हुन नसक्ने देखिएको हो ।

छायाँकन नसकिएको र चलचित्र घर पनि नखुलेको अवस्थामा फिल्मको रिलिज दशैंमा हुन्छ भनेर अहिले नै निर्णय लिन नसकिने निर्माता सुनिलकुमार थापाले बताए ।

फिल्मको छायाँकन चलिरहेको समयमा लकडाउन भएपछि अहिले ३० प्रतिशत मात्र छायाँकन सकिएको र अझै फिल्मको छायाँकन कहिलेदेखि सुरु हुने निर्माण टिम नै अन्योलमा रहेको छ ।

झरना थापाको निर्देशन रहने फिल्ममा अनमोल र सुहानाको अलवा सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ ।




भर्खरै