२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट जनमुखी छ-प्रदीप यादव



जनता समाजवादी पार्टीका उपमहासचिव एवं खानेपानीमन्त्री प्रदीप यादव ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा आज सुरु भएको पार्टीको प्रथम सङ्घीय परिषद्को प्रथम बैठकमा धारणा राख्नुहुँदै । तस्बिर: विमलबहादुर विष्ट/रासस
अ+ अ-

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले सरकराले ल्याएको बजेट सबै क्षेत्र, वर्गलाई समेट्ने र जनमुखी भएको बताउनुभएको छ ।

आज यहाँ आयोजित जनता समाजवादी पार्टीको प्रथम सङ्घीय परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले भन्नुभयो, “बजेट मन्त्री मुखी र क्षेत्रमुखी बनायो  भन्ने केहीले हल्ला चलाएका छन् । त्यो गलत हो, यस पटकको बजेट जनमुखी, समावेशी र विकासमुखी छ ।”

वर्तमान सरकारको प्राथमिकता ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत सेवा पुर्‍याउने रहेको बताउँदै मन्त्री यादवले खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा बजेटले विशेष ध्यान दिएको जानकारी दिनुभयो ।

उहाँले बजेटले मुलुकको आर्थिक सुधार, रोजगारी सृजना, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गर्दै सबैले सकारात्मक सहयोग गर्न आग्रह गर्नुभयो । रासस