२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो बजेट १६ औं योजनाको उद्देश्य र सोचसँग मेल खाँदैनः सांसद सापकोटा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले आर्थिक वर्ष २०८२/०८३ को बजेट १६औं योजनाको उद्देश्य र सोचसँग तालमेल नमिलेको बताउनुभएको छ ।

शनिवार प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद सापकोटाले १६ औं योजनाको उद्देश्यमा समेटिएका सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्नेतर्फ स्पष्ट मार्गचित्र नभएको दाबी गर्नुभयो । उहाँले बजेटमा र यस आर्थिक वर्षमा डेडिकेटेड र ट्रंक लाइनको विवादित वक्यौता रकम उठाउनेबारेमा स्पष्ट योजना नभएको भन्दै उर्जा, जलश्रोत तथा सिंचाईमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सापकोटाले विवादित वक्यौता नउठाउँदा राष्ट्रप्रति गम्भीर घात हुने बताउँदै बजेटमा व्यवस्था गरिएको टेक एण्ड पे गम्भीर प्रकारको कमजोरी भएकोले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण मेरुदण्ड मानिएको उर्जाक्षेत्र ध्वस्त हुने बताउनु भयो । यो प्रश्तावबाट सरकार पछि हटेर उर्जा क्षेत्रको वातावरण सङ्लो बनाउन मेहनत गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद सापकोटा भन्नुहुन्छ, ‘विरोधमा रहनुभएका माननीयज्यूहरुको माग सम्बोधनका लागि सरकारको जोडदारपूर्वक ध्यानाकर्षण गराउन चाहन्छु । निरंकुस शैलीमा बलजफत संसद चलाउने यो सुहाउँदो र उपयुक्त तरिका भएन । यसले लोकतन्त्रलाई गिज्याइरहेको छ र हाम्रो संसदको ओज गरिमालाई बढाएन भनेर दुःख समेत व्यक्त गर्न चाहन्छु । र विकास निर्माणका बारेमा हामी चर्चा गरिरहेका छौं ।  विकासको छलफल गर्दा अहिले हामी १६ औं योजनालाई मार्गदर्शन मानेर विकास निर्माणका सबै बजेटका योजनाहरु सम्पादन गरिनुपर्ने हो । १६औं योजनाको सोच भनेको सुशासन, सामाजिक न्याय र समृद्धि भनेर उल्लेख गरिएको रहेछ । र १६ औं योजनाका मूलतः तीनवटा उद्देश्य रहेछन् । पहिलो– राजनीतिक, प्रशासनिक, न्यायिक, निजी तथा गैरसरकारी क्षेत्रमा सुशासन कायम गर्नु । दोस्रो– स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहमा सामाजिक न्याय स्थापित गर्नु । तेस्रो– मानवीय जीवन र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु भनेर १६औं योजनाका मूलतः तीनवटा उद्देश्य रहेछन् ।

हामीले बजेटको सबै बुँदाहरु हे¥यौं र त्यसको सैद्धान्तिक छलफलमा भाग पनि लियौं । आज १० वटा विषयगत छलफलमा सहभागी छौं । समग्र बजेटको ट्रेण्ड हेर्दा र बिनियोजन गरिएका शिर्षकहरुको समेत छलफलमा भाग लिँदा के भन्न सकिन्छ भने १६औं योजनाको उद्देश्य र यसको सोचसँग तालमेल मिलेको देखिँदैन । यसरी हेर्दा मूलतः यसले के सोच राख्यो भन्दा सुशासन, सामाजिक न्याय र समृद्धि भन्दा सुशासन हामी कुन ढंगले कायम गर्छौं भन्ने कुराको स्पष्ट मार्गचित्र यहाँ छैन । सामाजिक न्यायका क्षेत्रमा यसरी हामी सामाजिक न्याय सम्पादन गर्छौं भनेर बोल्न सकेको छैन । यसरी सुशासन र सामाजिक न्यायको वातावरण नबनाउँदासम्म समृद्धि हासिल गर्ने कुरै भएन । यसरी हेर्दा समग्र बजेट र विनियोजन गरिएका शीर्षकहरुप्रति छलफल गर्दा यसले मूलरुपमा हाम्रो मार्गनिर्देशनलाई बोक्न सकेन भनेर खर्च कटौतीको प्रस्ताव पेश गरेको कुरा समेत निवेदन गर्न चाहन्छु ।

उर्जा जलश्रोत तथा सिंचाइ मन्त्रालयका बारेमा चर्चा गरौं – सबैभन्दा पहिला माननीय मन्त्रीज्युलाई यस बजेटमा र यस आर्थिक वर्षमा डेडिकेटेड र ट्रंक लाइनको विवादित रहेको बक्यौता रकम उठाउने बारेमा के योजना छ ? गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु । विवादित बक्यौता उठाइएन भने देश र राष्ट्रकाप्रति गम्भीर घात हुनजान्छ । बजेटमा टेक एण्ड पे भनेर एउटा व्यवस्था भयो । स्वयं मन्त्रीज्यूको प्रश्तावमा उर्जा मार्गचित्र भनेर जुन परिकल्पना गरिएको छ त्यसलाई यसले खण्डित गर्दछ । टेक एण्ड पे को वर्तमान परिस्थितिलाई कानुनमा कायम राख्यौं भने अन्ततः हाम्रो फेरि अध्यारोतर्फको यात्रा हुन्छ र मुलुकको अर्थतन्त्रको महत्वपूर्ण मेरुदण्डका रुपमा मानिएको उर्जाक्षेत्र ध्वस्त हुने खतरा छ । सरकारलाई के त्यस्तो दबाब प¥यो कि अहिले टेक एण्ड पे मा जानुपर्ने स्थिति भयो । त्यसैले यो गम्भीर प्रकारको कमजोरी हो, टेकएण्ड पे को यो प्रश्तावबाट सरकार पछाडि हट्नुपर्दछ र उर्जा क्षेत्रको वातावरण सङ्लो बनाउन मिहिनेत गर्नुपर्नेछ ।’

उहाँले विरोधमा रहेका दलको माग सम्बोधनका लागि ध्यानाकर्षण गराउँदै निरंकुस शैलीमा बलजफत संसद चलाउनु सुहाउँदो नभएको टिप्पणी गर्नुभयो ।