१७ असार २०८३, बुधबार
,
Latest
भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु वैदेशिक रोजगारीः लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन खुला सीमाबाट नक्कली औषधि र खोप भित्रिने जोखिम बढ्दो, नियमनमा जनशक्ति अभाव : औषधि व्यवस्था… झापाको मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि दफाबार छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरभाडामा छुट दिन आग्रह



अ+ अ-

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घले घरभाडामा छुट दिन घरधनीसँग आग्रह गरेको छ । सङ्घका महासचिव अर्जुन पोखरेलले चार महिनादेखि व्यवसाय बन्द रहेको र घरभाडा भुक्तानी नगरेकै कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै भाडा छुट दिन आग्रह गरेका छन् । “सहज परिस्थिति हुँदा नियमित भाडा तिरेको स्मरण गर्दै असहज परिस्थितिमा व्यवसायीलाई जोगाउनु घरधनीको पनि कर्तव्य हो”, विज्ञप्तिमा भनिएको छ, “घरभाडा चुक्ता नगरेकै कारण व्यवसायी नै पलायन हुनुपर्ने अवस्था सिर्जना हुनु घरधनीको लागि पनि राम्रो हैन । घर खाली गराउँदैमा समस्याको समाधान हुने पनि हैन ।”

यथासम्भव निश्चित अवधिको भाडा मिनाहा एवं अनुकूल समयमा भुक्तानी गर्ने सहमति कायम गर्दै व्यवसाय टिकाउनका लागि घरधनीबाट विशेष योगदान हुनुपर्ने भन्दै सङ्घले घरभाडा छुट दिने घरधनीलाई कर छुटको व्यवस्था गर्न सरोकारवालासँग आग्रहसमेत गरेको छ ।
    
सङ्कटको यो घडीमा आर्थिक र मानसिक समस्यामा परेका आफ्ना ग्राहकका लागि कर्जाको किस्ता र ब्याज भुक्तानीको लागि समयसीमा बढाउन एवं ब्याजदर घटाउन सम्पूर्ण बैंक था वित्तीय संस्था पनि सङ्घले अनुरोध गरेको छ ।




भर्खरै