२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रहरूमा छायांकन गरिएको ” त्यो मीठो पल ” सार्वजनिक



अ+ अ-

काठमाडौँ- एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको प्रेमिल म्युजिक भिडियो ” त्यो मीठो पल ” सार्वजनिक भएको छ ।

कोशी प्रदेशको संखुवासभा जिल्लाको चैनपुर नगरपालिका तथा सुनसरीको धरान आसपासका विभिन्न सुन्दर पर्यटकिय स्थानहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा गायक सुरेश लामाको गायन , कमल अधिकारीको संगीत रहेको छ ।

शब्द रचना नेपाल सरकार कोशी प्रदेश सामाजिक विकाश मन्त्रालयका सचीव समेत रहनु भएका प्रभावशाली व्यक्तित्व हेम राज तामाङको रहेको छ । भिडियो गीतकार स्वयंम हेम राज तामाङकै युट्युव मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा लोकप्रिय मोडल / कलाकार सनम कठायत र नवप्रतिभा खुसी घिसिङको अभिनय रहेको छ ।

सरोज शाहीको छायांकनगरेको भिडियोलाई अमृत चापागाईंको सम्पादन गरेका छन् । गीत संगीत, प्रविधि तथा कलाकारिताका माध्यमबाट देशै भरिका सुन्दर प्रकृति, मौलिक संस्कृती तथा सामाजिक जनजिवनको प्रचारप्रसार तथा प्रवर्द्धनका निमित्त एभरेस्ट ग्यालरीले थालेको राष्ट्रिय अभियान ” दृश्यमा नेपाल ” अन्तर्गत यो पटक कोशी प्रदेश पर्यटन बर्ष २०८२ लाई समेत टेवा पुग्ने गरि सहयोग गर्ने उक्त अभियानका अभियन्ता तथा कलाकार सनम कठायतले जानकारी दिए।