२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विविध कार्यक्रम गरी योग दिवस मनाइयो



oplus_2
अ+ अ-

रामेछाप। “सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने मूल नाराका साथ ११औँ अन्तरराष्ट्रिय योग दिवस आज यहाँ विविध कार्यक्रम गरी मनाइएको छ ।

सो अवसरमा प्रभातफेरी, प्रवचन सांस्कृतिक कार्यक्रम र योगका विभिन्न नमूना प्रदर्शन गरियो । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र मन्थलीमा योगसँग सम्बन्धित, प्रवचन, गीत, कविता वाचन गर्नुका साथै पतञ्जली योग समिति र जीवन विज्ञानका साधक साधिकाले योग अभ्यास प्रदर्शन गरे ।

यसैबीच योग दिवसकै अवसरमा कञ्चनपुरमा आयोजित एक कार्यक्रमका वक्ताले डिजिटल जीवनशैलीले मानिसलाई शारीरिकभन्दा बढी मानसिक तनावमा पारेको बेला योगले मानसिक शान्ति र भावनात्मक सन्तुलन कायम गर्ने बताए ।

“तनावग्रस्त जीवनशैलीलाई सन्तुलनमा ल्याउने सबभन्दा सरल, सुरक्षित र दिगो उपाय योग मात्रै हो”, योग प्रशिक्षक इश्वरी भट्टले भन्नुभयो, “योगले शरीर, मस्तिष्क र आत्मालाई एउटै लयमा बाँध्छ, जसले बाह्य जीवनलाई मात्रै होइन, आन्तरिक अस्तित्वलाई पनि समृद्ध बनाउँछ ।”

प्राचीन हिन्दू परम्परा ज्ञान र अभ्यासमाथि आधारित योगले श्वासप्रश्वास, मस्तिष्क, स्नायु र आत्मालाई नियन्त्रणमा राखी सन्तुलनमा ल्याउने अद्भूत क्षमता राख्ने केशवदत्त अवस्थीले बताउनुभयो । उहाँका अनुसार योगले उच्च रक्तचाप, मधुमेह, मुटुरोग, श्वासप्रश्वास समस्या, मानसिक तनाव, अनिद्रा, मोटोपन जस्ता दीर्घरोगमा उल्लेखनीय सुधार ल्याउने गर्दछ । रासस