२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानका तीन परमाणु क्षेत्रमा अमेरिकाको बमबारी



तस्बिर : बीबीसी
अ+ अ-

काठमाडौं । इजरायल र इरानबीचको युद्धमा अमेरिका होमिएको छ । अमेरिकाले इरानका तीनवटा परमाणु क्षेत्रमा आक्रमण गरेको छ । यसमा फोर्दो, नतान्ज र इस्फहान रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यसको जानकारी दिएका हुन् ।

राष्ट्रपति ट्रम्पलेसबै अमेरिकी जहाज इरानको हवाई क्षेत्रबाट बाहिर निस्किसकेको बताएका छन् । ट्रम्पका अनुसार फोर्दोमा धेरै बम खसालिएको छ ।

यो आक्रमण नेपाली समयअनुसार आइतबार बिहान पौने ५ बजे भएको हो । ट्रम्पले लेखेका छन्, ‘सबै विमान सुरक्षित रुपमा आफ्नो घर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धालाई बधाई । विश्वमा कुनै पनि अरु सेना छैनन् जो यो काम गर्न सक्षम छन् । अब शान्तिको समय हो ।’

तस्बिर : बीबीसी

उनले दोस्रो पोस्ट गर्दै इरानलाई अब यो युद्ध समाप्त गर्नका लागि सहमतिमा आउनुपर्ने बताएका छन् ।

इरानले भने अमेरिकी सेनालाई इरानी सेनाले रोक्ने कोसिस गरेको बताएको छ । तर आक्रमण रोक्नका लागि असफल भएको इरानको मेहर न्युजले बताएको छ । परमाणु क्षेत्रमा आक्रमण भएको इरानले स्वीकारेको छ ।

इरानको सरकारी न्युज एजेन्जी आईआरईबीका अनुसार इरानले आक्रमणभन्दा केही समयभन्दा तीनै परमाणु केन्द्रलाई खाली गरेको थियो । यद्यपि तीनवटै क्षेत्रमा कति क्षति भएको छ भन्ने विवरण आइसकेको छैन ।

यस्तै हुथी विद्रोहीले इरानको परमाणु क्षेत्रमा अमेरिकाले गरेको आक्रमणमा आपत्ति जनाएको छ । हुथीका नेता मोहम्मद अल–फराहले अमेरिकी बमबारीले युद्धको अन्त्य नभइ सुरुवात भएको बताएका छन् । उनले अब ‘हिट एन्ड रन’को समय आइसकेको चेतावनी दिएका छन् ।