२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जामन्त्री खड्का चीन प्रस्थान



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन चीन प्रस्थान गर्नुभएको छ । साङ्घाई को–अपरेसन अर्गनाइजेसन (एससिओ)ले चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजना हुने पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन सोमबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

बैठकमा विभिन्न देशले गरेका ऊर्जा विकास र आगामी सहकार्यका विविध विषयमा छलफल हुने ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ । यही जुन २३ देखि सुरु भएको बैठक जुन २७ तारिखसम्म सञ्चालन हुनेछ ।

उक्त बैठकमा आयोजक राष्ट्र चीनसहित भारत, इरान, काजकिस्तान, पाकिस्तान, रसिया, ताजकिस्तान, उर्वेस्थानलगायत नौ सदस्य देश, तीन पर्यवेक्षक देश र १४ संवाद देशका ऊर्जामन्त्रीको सहभागिता छ ।

मन्त्री खड्काले जुन २६ मा हुने ‘इन्टरग्रेटेड इनोभेसन फर इनर्जी फ्युचर’सम्बन्धी कार्यक्रमको उद्घाटनसत्रमा मन्तव्य राख्ने र सोही दिनका विभिन्न बैठकमा सहभागी हुनुहुने कार्यतालिका रहेको ऊर्जामन्त्री खड्काको सचिवालयले जनाएको छ ।

साथै जुन २७ मा चीनका राष्ट्रिय ऊर्जा प्रशासकसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्ने कार्यक्रम पनि तय भएको छ । रासस