२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शिक्षाको अवस्था सुधार्न स्थानीयतहको पहलकदमी आवश्यक छ’



अ+ अ-

महोत्तरी। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिक्षाको अवस्था सुधार्न स्थानीयतहको नेतृत्वदायी पहलकदमी आवश्यक पर्नेमा जोड दिनुभएको छ ।

आज महोत्तरीको औरही नगरसभाको १६औँ नगर परिषद् बैठकमा उहाँले शिक्षा क्षेत्रको बिगँ्रदो अवस्था सुधार्न स्थानीयतहले सङ्कल्प लिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“पछिल्ला दिनमा हाम्रो शैक्षिक गुणस्तर केही कमजोर बन्दै गएको छ । सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स्थानीय तह बढी जिम्मेवार हुनुपर्छ”, सिंहले भन्नुभयो, “शिक्षामा मधेशको पुरानो साख फर्काउन सबैपक्षको साझा सङ्कल्प आवश्यक पर्छ ।” यसको नेतृत्व स्थानीयतहले लिनुपर्ने उहाँको भनाइ छ ।

केही दशक पहिलेसम्म मधेशका विद्यालय र कलेजको उत्पादन भनिँदा विशेष महत्त्व दिइने गरिएको सम्झँदै मुख्यमन्त्री सिंहले पछिल्ला दिनमा विद्यालय उचित व्यवस्थापन नहुँदा शिक्षा प्रणाली कमजोर बन्दै गएको बताउनुभयो ।

“अहिले विद्यालयभित्रै लागुपदार्थ दुव्र्यसन फैलिएको सुनिन्छ”, सिंहले चिन्ता व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयका साथै संस्थागत विद्यालयको क्षमता विकास गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा औरही नगरप्रमुख प्रदीपकुमार खड्काले आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रमसँगै रु ४५ करोड २७ लाख ७७ हजारको अनुमानित आयव्ययको बजेट प्रस्तुत गर्नुभयो । कार्यक्रममा नगरप्रमुखसहित स्थानीय जनप्रतिनिधिले मुख्यमन्त्री सिंहलाई अभिनन्दनपत्र प्रदान गर्नुभएको थियो । रासस




भर्खरै