२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

खराब फिल्डिङका कारण हामी हार्यौं – कप्तान गिल



अ+ अ-

एजेन्सी । भारतीय टोलीले एन्डरसन–तेन्डुलकर ट्रफीको पहिलो टेस्ट इङ्गल्याण्डसँग ५ विकेटले हारेको छ ।

मंगलबार लिड्सको हेडिंगले क्रिकेट स्टेडियममा भएको खेलको अन्तिम दिन इङ्गल्याण्डले ३५१ रन बनाउनु परेको थियो, जुन टोलीले ५ विकेट गुमाएर हासिल गर्यो ।

खेलपछि भारतीय कप्तान शुभमन गिलले भने–‘खराब फिल्डिङका कारण हामीले खेल हार्यौं । यो एक उत्कृष्ट टेस्ट म्याच थियो र हामीसँग अवसरहरू थिए । तर क्याचहरू छोड्नु र तल्लो क्रमबाट योगदानको अभाव हाम्रो लागि हानिकारक साबित भयो ।

हिजोसम्म हामी ४३० रनको लक्ष्य पुर्‍याउने सोचिरहेका थियौं, तर अन्तिम विकेट केवल ३१ रनमा खस्यो, जसले गर्दा अग्रता घट्यो । आज पनि पहिलो विकेटको लागि उत्कृष्ट साझेदारी हुँदा, हामी खेलमा छौं जस्तो लाग्यो, तर केही अवसर हात लागेनन् ।

पहिलो सत्रमा हाम्रो बलिङ उत्कृष्ट थियो । हामीले रन दिएनौं, तर बल पुरानो भएपछि रन रोक्न गाह्रो हुन्छ । यस्तो अवस्थामा विकेट लिइरहनु महत्त्वपूर्ण छ । जडेजाले धेरै राम्रो बलिङ गरे, अवसरहरू सिर्जना गरे ।’

इङ्गल्याण्डका कप्तान बेन स्टोक्सले जितको श्रेय बेन डकेटलाई दिए । उनले भने ‘हाम्रो यो मैदान (हेडिंगले) सँग पहिले पनि राम्रो सम्बन्ध थियो, र आजको जितले यसमा अर्को अविस्मरणीय क्षण थप्यो ।

डकेटले उत्कृष्ट काम गरे, ओपनिङमा ठूलो लक्ष्य पछ्याउन सजिलो छैन । क्राउलीसँगको उनको साझेदारीले हामीलाई बल दियो । क्राउलीको इनिङ पनि महत्त्वपूर्ण थियो । दुवैले एकअर्कालाई राम्रोसँग बुझ्छन् र सन्तुलनका साथ खेल्छन् । ओली पोपले पहिलो इनिङमा उत्कृष्ट ब्याटिङ गरे ।

जोश टङ्गुको स्पेलले खेलको मोड नै परिवर्तन गरिदियो । हाम्रो मनोवृत्ति र कडा परिश्रमको परिणामस्वरूप हामीले शीर्ष क्रमलाई पछाडि धकेल्न सफल भयौं । ठूलो लक्ष्य पछ्याउँदा आत्मविश्वास आउँछ, तर यो हरेक पटक हुन्छ भन्ने आवश्यक छैन ।’

मंगलबार, इङ्ग्ल्याण्डले लिड्सको हेडिंगले क्रिकेट स्टेडियममा ५ विकेट गुमाउँदै ३७१ रनको लक्ष्य हासिल गर्यो ।

यो खेल पहिलो ४ दिन बराबरीमा रह्यो, अन्तिम दिन इङ्ग्ल्याण्डले जित्नको लागि ३५० रन बनाउनु पर्ने थियो । घरेलु परिस्थितिमा उत्कृष्ट ब्याटिङ गर्दै टोलीले जित हासिल गर्यो ।

बेन डकेट (१४९ रन) र ज्याक क्राउली (६५ रन) ले १८८ रनको कीर्तिमानी ओपनिङ साझेदारी गरे ।