२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकमा बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकमा एक बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । भोटेकोशी गाउँपालिका–५ की १२ वर्षीया निशा तामाङको हत्या भएको हो ।

बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालिकाकै गाउँका आफन्त नाता पर्ने व्यक्तिहरु समेत रहेका छन् ।

हत्या आरोपीहरुलाई शुक्रबार सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए ।

१० असारमा बालिकालाई घरबाट लगेर पाँच जनाको समूहले बलात्कारपछि हत्या गरेको पाइएको एसपी कार्कीले बताए । बालिकाको शव नांगो अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

घटनाबारे विस्तृत अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।