२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रारम्भिक बाल विकास तथा शिक्षालाई २ वर्षे कार्यक्रमको रूपमा सञ्चालन गर्ने सहमति



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रारम्भिक बालविकास तथा शिक्षाको विषयमा सहमति जुटाएको छ ।

शुक्रवार विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न सिंहदरबारमा बसेको समितिको बैठकले प्रारम्भिक बालविकास तथा शिक्षाको विषयमा सहमति जुटाएको हो ।

सहमतिअनुसार बाल विकास शिक्षालाई आधारभुत शिक्षामा समेटिएको छ । समिति सभापति अम्मरबहादुर थापाले आधारभुत शिक्षा भन्नाले प्रारम्भिक बाल विकास तथा शिक्षादेखि कक्षा ८ सम्मको विद्यालय शिक्षा सम्झनुपर्ने विषयमा सहमति जुटेको बताउनु भयो । उहाँकाअनुसार स्थानीय तहले राष्ट्रिय मापदण्डको अधिनमा रही बालविकासमा सिकाइप्रति उत्सुकता र सकारात्मक सोचको विकास गर्न प्रारम्भिक बालविकास केन्द्र सञ्चालन गर्न अनुमति दिन सक्नेछन् ।

ऐन प्रारम्भिक हुनुअघि सञ्चालनमा रहेका प्रारम्भिक बाल विकास केन्द्रलाई सम्बन्धित स्थानीय तहले प्रत्येक विद्यालयमा कम्तीमा एउटा रहने गरी समायोजन तथा पुनर्वितरण गर्नसक्ने, स्रोतको सुनिश्चितता गरी सरकारले तोकेको मितिदेखि लागू हुनेगरी सार्वजनिक विद्यालयमा प्रारम्भिक बाल विकास तथा शिक्षालाई दुई वर्षे कार्यक्रमको रूपमा सञ्चालन गर्न सक्नेछन् । कुनैपनि विद्यालयले पूर्वप्राथमिक शिक्षालाई २ वर्षभन्दा बढी अवधि हुनेगरी सञ्चालन गर्न नपाउने र पूर्व प्राथमिक शिक्षा भन्नाले आधारभूत तहको कक्षा १ मा भर्ना हुनुअघि दिइने शिक्षा सम्झनुपर्नेमा सहमति भएको उहाँले बताउनु भयो ।

सभापति थापाकाअनुसार हाल कार्यरत प्रारम्भिक बाल विकास तथा शिक्षामा बाल विकास सहजकर्तालाई खुला प्रतियोगिताबाट हुने परीक्षामा पहिलो पटक सहभागी हुन उमेरको हद लाग्नेछैन । साथै यो ऐन र प्रचलित अन्य कानुनमा जुनसुकै कुरा लेखिएता पनि प्रारम्भिक बाल विकास तथा शिक्षाको अनुभव नभएका बालबालिकालाई कक्षा १ मा भर्ना गर्नबाट वञ्चित गर्न नपाइने र ऐन प्रारम्भ भएदेखि बाल सहजकर्ताको रुपमा नियुक्ती हुन कम्तिमा कक्षा १२ वा सो सरह परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ ।

सभापति थापाकाअनुुसार ऐन प्रारम्भ भएपछि नियुक्ति हुने बाल सहजकर्ता सेवा प्रारम्भ गर्नुअघि स्थानीय कानूनमा व्यवस्था भएबमोजिम सेवा प्रवेश तालिम लिनुपर्नेछ । शुक्रवारको बैठकमा सांसदहरुले बालविकास क्षेत्र मानव जिवनको सबैभन्दा शुरुको चरण रहेको बताउँदै यसलाई विद्यालय शिक्षाभन्दा बाहिर राख्न नहुनेमा जोड दिएका थिए ।




भर्खरै