२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काँटा लगा’ बाट चर्चित अभिनेत्री शेफालीको निधन



अ+ अ-

एजेन्सी । भारतीय मोडल तथा अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ । शेफालीको ४२ वर्षको उमेरमा निधन भएको हो ।

उनको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन । शेफालीको हृदयघातका कारण मृत्यु भएको बताइए पनि परिवारले यसबारे अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन ।

शेफाली मुम्बईको अन्धेरी लोखंडवाला क्षेत्रमा बस्थिन् । जानकारी अनुसार, राति ११ बजेतिर अचानक उनले छाती दुख्ने गुनासो गरिन् । उनका पति पराग त्यागीले उनलाई नजिकैको अस्पताल लगे, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरे ।

‘काँटा लगा गर्ल’ को नामबाट चर्चित भएकी शेफालीले अक्षय कुमार र सलमान खानसँग फिल्म ‘मुझसे शादी करोंगी’ मा काम गरेकी थिइन् । शेफालीले लोकप्रिय रियालिटी शो बिग बोस १३ मा पनि भाग लिएकी थिइन् ।

यसबाहेक उनले ‘नच बलिये’ लगायत धेरै रियालिटी शोहरूमा भाग लिएकी थिइन्। उनी आफ्नो नृत्यका लागि पनि फ्यानहरूमाझ धेरै लोकप्रिय थिइन् ।