२३ जेष्ठ २०८३, शनिबार
,
Latest
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरण छानविनका लागि संसदीय समिति गठन गर्न सांसद शाहीको माग



अ+ अ-

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरण छानविनको लागि संसदीय समिति नै बन्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो माग गर्नुभएको हो । उहाँले  भिजिट भिसा प्रकरण आजको विषयमात्रै नभएकाले उल्लेख गर्दै जरोदेखि टुप्पोसम्मका सबैको छानविन गर्नुपर्ने बताउनु भयो ।

उहाँले यस मुद्दालाई कुनै दल विशेषको एजेण्डा नबनाएर सबैले साझा एजेण्डाको रुपमा अगाडि लैजानुपर्ने बताउनु भयो । भिजिट भिसा प्रकरणको विषयमा भइरहेको आरोप प्रत्यारोपलाई आम नागरिकले गम्भिर रुपमा हेरिरहेको उल्लेख गर्दै सच्चिन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ । संसदमा त एकअर्काप्रति आरोपप्रत्यारोप गरौँला तर नेपाली जनताले चाँही के भन्छन् ?  आज दुवई, कतारतिर जानुस् त त्यहाँ नेपाली दिदिबहिनीहरुलाई बन्धक बनाइएको छ । ७५ हजारभन्दा धेरैलाई आज दुवईमा बन्धक बनाइएको छ । आज हामीले उनीहरुको चित्कार सुन्नुपर्छ कि पर्दैन ?  आज भिजिट भिसा प्रकरणको जरोदेखि टुप्पोसम्म छानविन हुनुपर्छ कि पर्दैन ? ती व्यक्तिहरु मन्त्री, प्रधानमन्त्री जो भएपनि कारबारही गर्नुपर्छ कि पर्दैन । त्यसकारण सबै एकठाउँमा उभिएर भिजिट भिसा प्रकरणको छानविन गर्न संसदीय छानविन समिति बनाऔँ ।’

उहाँले सरकारले संसदमा संख्याको आधारमा हेप्ने र दम्भ देखाउने काम गरिरहेको समेत आरोप लगाउनु भयो ।




भर्खरै