२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता जागरुक र सचेत हुनुपर्छः मुख्यमन्त्री कँडेल



फाइल फोटो
अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनता जागरुक र सचेत भएपछि मात्र मुलुकको समुन्नति सम्भव हुने बताउनुभएको छ ।

विकासको मूल आधार जनचेतना भएको उल्लेख गर्दै उहाँले जनताको सक्रिय सहभागिताबिना कुनै पनि योजना सफल नहुने बताउनुभयो ।वीरेन्द्रनगर नगरपालिका–११ मा स्थानीयवासीसँग भेटघाट तथा अन्तक्र्रिया गर्दै मुख्यमन्त्री कँडेलले राज्यले योजना बनाएर मात्र विकास हुने नभई त्यसको कार्यान्वयनमा जनताको प्रत्यक्ष संलग्नता आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “रातो किताबमा योजना आएरमात्र पर्याप्त हुँदैन, जबसम्म जनता त्यसको निगरानी, साथ र सहभागितामा उत्रदैनन्, तबसम्म विकासको गति अपेक्षित रूपमा अगाडि बढ्दैन ।”

जनताले विकास निर्माणका विषयमा सजग भई योजना निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक चरणमा निगरानी गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिनुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “राजनीतिज्ञ, कर्मचारी र जनप्रतिनिधिसँगै अब जनता पनि प्रत्यक्ष रूपमा विकास प्रक्रियाको हिस्सा बन्नुपर्छ ।”




भर्खरै