२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाभित्र उद्दारका लागि निःशुल्क हेलिकप्टर परिचालन गरिने



अ+ अ-

काठमाण्डौं । विपद्मा परेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि तत्काल हेलिकप्टर प्रयोग गर्ने सम्बन्धी गृहमन्त्रालय र वायुसेवा सञ्चालक संघ नेपालबिच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

गृहमन्त्री रमेश लेखकको रहोवरमा गृह मन्त्रालय अन्र्तगत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघ वीच हवाई उद्दारका लागि सम्झौता भएको हो ।

समझदारीमा संघले काठमाडौं उपत्यकाभित्र विपद्को समयमा खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्नु परेमा निःशुल्क रुपमा हेलिकप्टर परिचालन गर्ने÷गराउने व्यवस्था मिलाउने भएको छ ।

त्यसैगरी विपद्को समयमा नागरिकहरुको जिउधनको सुरक्षा गर्न तत्काल खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा निजि हेलिकप्टर कम्पनीलाई सामाजिक उत्तरदायित्व बहन गराउदै परिचालन गरिनेछ । वायुसेवा सञ्चालक संघले विपद्को समयमा खोज तथा उद्धार गर्ने, गराउने कार्यका लागि दैनिक रुपमा पालो तोकी निजी हेलिकप्टर सेवा प्रदायकलाई तोक्ने जनाएको छ । त्यस्तै हेलिकप्टर कम्पनी र सम्पर्क गर्ने व्यक्तिको विवरण नियमित रुपमा अध्यावधिक गरी सोको जानकारी गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समझदारी बनेको गृहमन्त्रालयले जनाएको छ ।

त्यसैगरी दैनिक पालो तोकिएका र तयारी अवस्थामा राखिएका निजी हेलिकप्टर सेवा प्रदायकले गृह मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा तत्काल विपद्ग्रस्त क्षेत्रमा हवाई उडान गरी खोज तथा उद्धार गर्नुपर्नेछ । गृह मन्त्रालय मार्फत उद्धार उडानको लागि आवश्यक समन्वय र सहजीकरणका लागि नागरिक उड्डययन प्राधिकरणलाई समेत जानकारी गराउनेछ ।

त्यसैगरी काठमाडौं उपत्यका बाहिर खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्नुपरेमा हेलिकप्टर कम्पनीको सामाजिक उत्तरदायित्वलाई समेत मध्य नजर गरी हेलिकप्टर संचालनको न्यूनतम खर्चमा परिचालन गर्ने र हेलिकप्टर प्रयोग बापतको रकम विल तथा विपद्का घटनाको खोज तथा उद्धारमा उडान भएको प्रमाणित कागजात मन्त्रालयबाट भएको आदेश लगायतका कागजातहरु प्राप्त भए पश्चात प्राधिकरणले भुक्तानी दिने प्रवन्ध गरिएको छ ।

त्यसका साथै समयमै उद्धार उडान गर्ने्गराउने प्रयोजनार्थ गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण र निजि वायुसेवा संचालक संघका प्रतिनिधिहरु रहेको एक समन्वय समिति गठन गर्ने मन्त्रालयले जनाएको छ ।
एक बर्षका लागि गरिएको समझदारी आपसी समझदारीमा पुनः नविकरण गर्न सकिने समझदारीमा उल्लेख छ । समझदारीपत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश प्रसाद भट्ट र वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

दुई पक्षीय समझदारीपछि बोल्दै गृहमन्त्री रमेश लेखकले असल कार्यको थालनी भएको बताउनुभयो । “हामी मनसुनको प्रारम्भिक चरणमा छौं । मनसुनजन्य विपद्बाट ठुलो जनधनको क्षति भएको अवस्था छ । नागरिकको सुरक्षाका लागि हामी तयारी अवस्थामा रहेका छौं ।” गृहमन्त्री लेखकले भन्नुभयो–“ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विपद् खोज, उद्दार तथा प्रतिकार्यमा सक्रिय छ ।”

मन्त्री लेखकले विपद्मा सहयोग गर्ने समझदारी गरेको वायु सेवा सञ्चालक संघलाई सरकारका तर्फबाट धन्यवाद दिनुभयो । “विपद्को अत्यन्त जँदा जोखिमको भूगोलमा छौं । प्रत्येक बर्ष विपद्ले समस्या निम्त्याउछ । जुनसुकै बेला भूकम्प जान सक्छ ।” उहाँले भन्नुभयो–“नागरिकको सुरक्षाका लागि हामी तयारी अवस्थामा रहेका छौं ।”




भर्खरै