२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रकम हिनामिना कसुरमा एक युवा पक्राउ



अ+ अ-

उदयपुर। यहाँको त्रियुगा नगरपालिका–१० बोक्सेका ३५ वर्षीय अङ्कित श्रेष्ठलाई प्रहरीले कीर्ते गरेर रकम हिनामिना गरेको कसुरमा पक्राउ गरेको छ ।

श्रेष्ठले बोक्सेस्थित महिला तथा जनजागृति सहकारीको युवा स्वरोजगार कोषको रकम ठगी तथा किर्ते गरेर हिनामिना गरेको प्रहरीले जनाएको छ । युवा स्वरोजगार कोषका सदस्यसमेत रहेका श्रेष्ठले अन्य पदाधिकारीका नाममा कीर्ते माइन्युट खडा गरेर हिनामिना गरेको प्रहरी कार्यालयका सूचना अधिकारी केदामान दोङले जानकारी दिनुभयो ।

श्रेष्ठविरुद्ध कीर्ते तथा ठगीको निवेदन परेपछि बिहीबार श्रेष्ठलाई पक्राउ गरिएको र आज म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस