२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार ५ देखि बेपत्ता सवारी चालकको शव भेरी नदी किनारमा फेला



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत सवारी चालक हिमबहादुर विष्टको शव करिब दुई हप्ता बेपत्ता भएको अवस्थामा भेरी नदी किनारमा फेला परेको छ ।

अन्दाजी २९ वर्षीय विष्ट गत असार ५ गते यता सम्पर्कविहीन थिए । सुर्खेत जिल्लाको बराहाताल गाउँपालिका–४ साजघाटस्थित भेरी नदी किनारमा शुक्रबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।

दैलेखको चामुण्डा–बिन्द्रासैनी नगरपालिका–२ घर भएका विष्टले असार ६ गते बिहान “बिरामी छु” भन्दै कार्यालयमा खबर गरेका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएका थिए ।

बेपत्ताको खोजीका क्रममा असार ९ गते भेरीगंगा नगरपालिका नजिकैको भेरी पुलको छेउमा विष्टले प्रयोग गर्ने सरकारी मोटरसाइकल बेवारिसे अवस्थामा भेटिएको थियो ।

यसपछि प्रहरीले खोजी तीव्र बनाएको थियो र अन्ततः शुक्रबार भेरी नदीको किनारमा उनको शव फेला परेको हो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।