२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्यका लागि अध्यक्ष ढकालको आग्रह



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्यका लागि बेलायती व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।

बेलायतस्थित नेपाली दूतावासले लन्डनमा आयोजना गरेको “नेपाल–यूके टेक फोरम”लाई सम्बोधन गर्दै उहाँले नेपालमा प्रविधि तथा डिजिटल सेवामा लगानीको सम्भावना औंल्याउँदै सूचना प्रविधि, ई–गभर्नेन्स, फिनटेक, एजु–टेक लगायतका क्षेत्रमा संयुक्त लगानी, स्टार्टअप एक्सचेन्ज र दीर्घकालीन सहकार्यको लागि आग्रह गर्नु भएको हो ।

अध्यक्ष ढकालले नेपालको लगानी वातावरणमा भइरहेको रूपान्तरण र प्रविधिमैत्री नीतिहरूका बारेमा जानकारी गराउँदै सूचना प्रविधि क्षेत्रमा लगानी गर्ने अनुकुल समय भएको धारणा राख्नुभयो । “नेपालले लगानीमैत्री वातावरण बनाउन कानुनी सुधारमा विशेष ध्यान दिएको छ । विगत एक वर्षमा ३० भन्दा बढी कानुन संशोधन भइसकेका छन् । जसले व्यवसाय र लगानी प्रक्रिया सजिलो बनाएको छ । उहाँले भन्नुभयो, लगानीकर्तालाई सहजीकरण गर्न महासंघले “एफडीआई सपोर्ट डेस्क” स्थापना गरेको छ र राष्ट्रिय नागरिक एपमार्फत व्यवसाय दर्ता तथा व्यवस्थापन प्रक्रिया डिजिटल बनाइएको छ ।”

नेपालको डिजिटल पूर्वाधार विकास, अनलाइन प्रणालीको प्रवद्र्धन र विश्वव्यापी प्रतिस्पर्धा गर्न आवश्यक प्राविधिक मापदण्ड तथा पूर्वाधार सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकतामा जोड दिंदै अध्यक्ष ढकालले नेपाल सन् २०२६ पछि अति कम विकसित मुलुकबाट (एलडीसी) स्तरोन्नती हुने तयारीमा रहेको सन्दर्भमा डिजिटल व्यापार र सेवाक्षेत्रलाई विश्व बजारसँग प्रतिस्पर्धी बनाइनु पर्ने बताउनुभयो ।

नेपालको निजी क्षेत्रले कुल ग्राहस्थ उत्पादन (जीडीपी) को ८० प्रतिशतभन्दा बढी योगदान पुर्‍याएको र रोजगार सिर्जनामा पनि प्रमुख भूमिका खेलेको उल्लेख गर्दै उहाँले नेपालको निजी क्षेत्र डिजिटल अर्थतन्त्र निर्माणमा नेतृत्व गर्न तयार रहेको बताउनु भयो । “ नेपालको निजी क्षेत्र डिजिटल अर्थतन्त्र निर्माणमा नेतृत्व गर्न तयार रहेको छ ।

नेपालले लगानी कानुनलाई वातावरण, भूमि, श्रम र कर सम्बन्धी व्यवस्थासँग समन्वय गर्ने प्रयास गरेको छ र आगामी १० वर्षसम्म नीतिगत स्थिरता कायम राख्न माग गर्दै आएको छ, जसले स्वदेशी तथा विदेशी लगानीकर्तालाई विश्वसनीयता प्रदान गर्नेछ । ” उहाँले भन्नुभयो ।

बेलायत स्थित प्राविधिक क्षेत्रका विज्ञ, लगानीकर्ता र कूटनीतिक समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको सो कार्यक्रममा नेपाल–बेलायतबीच डिजिटल व्यापार र प्रविधि साझेदारीलाई कसरी थप गहिरो बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।