२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का तोडिँदैनः मन्त्री खड्का



अ+ अ-

काठमाडौँ । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का नतोडिने भएको छ ।

सञ्चारमाध्यमहरुमा सुनकोसी मरिण डाइभर्सनको ठेक्का तोड्न लागेको समाचारहरु आइरहेका बेलामा सरकारले तत्काल ठेक्का नतोडिने बताएको हो ।

आईतवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ३१ महिना काम भइसकेको र २ वर्ष जति समय बाँकी रहेको बताउनु भयो । कुल १५ प्रतिशत काम पूरा भएको ठेकेदारको दाबी रहेको बताउनु भयो । बाँध र विद्युत गृह निर्माणको ठेक्का पाएको भारतीय कम्पनी पटेल र नेपाली रमण कन्स्ट्रक्सनको जोइन्ट भेन्चरसँगको ठेक्का सम्झौता तोड्दा अहिले सरकारलाई नै नोक्शान हुने स्थिति रहेको र एक पटकलाई मौका दिएर हेर्नेगरी सरकार अघि बढेको बताउनु भयो । काम नभएको खण्डमा ठेक्का तोड्ने काम सरकारले जहिले पनि गर्नसक्ने बताउनु भयो । उहाँले निमित्त प्रमुखको भरमा आायेजना सञ्चालन भइरहेको भएपनि छिटै सरकारले सहसचिव तहको कर्मचारी पठाउने बताउनु भयो ।

फाउण्डेशन तयार भइसकेपछि नदीले बगाएको र पुनः फाउण्डेशन तयार भएको अवस्था रहेको बताउनु भयो । खर्च पनि भइसकेको र ठेकेदारसँग आर्थिक अभावको समस्या देखिएको बताउनु भयो । बाढीको इन्स्योरेन्स पनि नपाएको, भएको पैसा विभिन्न शिर्षकमा खर्च गरेको, पुलहरु बगाउँदा र मेटेरियल लैजान नसकेको ठेकेदारले गुनासो गरेको बताउनु भयो । ठेकेदारले समय थप मागेको र काम पूरा गर्ने प्रतिवद्धता जनाएको एवं बंैकहरुले पनि थप ऋण उपलब्ध गराउने प्रतिवद्धता जनाएको बताउनु भयो । ठेक्का तत्काल तोड्दा ३९ प्रतिशत बिलोमा ठेक्का लिएको र अर्को १५ देखि २० प्रतिशत थप नगरी अहिलेको समयलाई मेल नखाने र अब भइरहेको आयोजनामा ५० देखि ६० प्रतिशत थपेर ठेक्का लगाउन नसकिने स्थिति रहेको बताउनु भयो । सबै ठेक्काको प्रक्रिया हेर्दा एक वर्षमा अर्को ठेक्का लाग्न नसकेको अवस्था रहेको स्थिति रहेको बताउनु भयो ।

मन्त्री खड्काले निर्माण कम्पनीसँग थप गर्नुपर्ने समय र वर्क सेड्युल मागेको बताउनु भयो ।