२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै



अ+ अ-

एजेन्सी । दक्षिण कोरियाली पूर्व राष्ट्रपति युन सुक योललाई दुई पटकसम्म सोधपुछ गरेपछि पुनः सोधपुछका लागि भन्दै पक्राउ पुर्जी जारी गर्न आइतबार अभियोजनकर्ताले अनुरोध गरेका छन् ।

गत बर्षको डिसेम्बर ३ मा संसद्मा सशस्त्र सैनिक तैनाथ गरिएको नागरिक शासनलाई उल्ट्याउने प्रयास गरेको भन्दै सांसदहरूले महाभियोग र निलम्बन गरेपछि युनलाई अप्रिलमा औपचारिक रूपमा पदबाट हटाइएको थियो ।

उहाँ राज्य विद्रोहको अभियोगमा अदालतमा उपस्थित हुनुभएको छ र सैनिक कानुन (मार्शल ल) घोषणाको अनुसन्धान गरिरहेका एक विशेष वकिलले उहाँलाई सोधपुछ गरेका छन् ।

“आज विशेष वकिलले सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टमा पूर्व राष्ट्रपति युन सुक योेललाई शक्तिको दुरुपयोग र विशेष सरकारी कर्तव्यमा बाधा पु¥याएको अभियोगमा पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका छन्,” विशेष वकिलमध्येका एक सदस्य ९अभियोजक० पार्क जी–योङले सञ्चारकर्मीसँग भन्नुभयो ।

पार्कका अनुसार युनमाथि सैनिक शासनको घोषणालाई लिएर ‘आधिकारिक कागजातमा मिथ्याकरण गरेको’ आरोप पनि लगाइएको छ ।

पार्कले भन्नुभयो, “पक्राउ पूर्जीमा पूर्व राष्ट्रपति युनलाई किन हिरासतमा राख्नु आवश्यक छ भन्ने उल्लेख गरिएको छ, तर म यहाँ विस्तृत विवरण दिन सक्दिनँ ।”

अभियोजकहरूले गत जनवरीमा पक्राउ प्रयास असफल हुँदा युनले गरेको प्रतिरोधका साथै उहाँले सैन्य कानुन घोषणा गर्नुको औचित्यका रुपमा ड्रोनलाई प्योङयाङ उड्न अनुमति दिएको आरोपबारे शनिबार प्रश्न उठाएको थियो ।

युनको कानुनी टोलीले उक्त पक्राउपूर्जी ’अत्यधिक र अवाञ्छित’ भन्दै आलोचना गरेको छ ।

उहाँको कानुनी टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले आरोपको पूर्ण रुपमा खण्डन गरेका छौं र कानूनको रूपमा कुनै पनि अपराध स्थापित गर्न सकिँदैन भन्ने प्रमाणित गरेका छौं।”

“विशेष वकिलले अनुसन्धानका क्रममा कुनै वस्तुगत प्रमाण प्रस्तुत गर्न सकेनन् र साक्षीको बयानका आधारमा पनि आरोप टिक्न सक्दैन,” उनीहरूले भने ।

गत हप्ता, अदालतले विशेष वकीलले ‘यूनले सुरुमा सोधपुछको लागि उपस्थित हुन इन्कार गरको तर उहाँले आवश्यक भएमा भविष्यमा उपस्थित हुने इच्छा व्यक्त गरेको भन्दै गिरफ्तारीका लागि अनुरोध गरेको पक्राउ पूर्जी खारेज गरिदिएको थियो ।