२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको विकास वाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने होः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वाह्य सहयोगले मात्रै देश विकास नहुने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वाह्य सहयोगले मात्रै देश विकास हुने नभएर देश आफ्नै पौरखले विकास हुने बताउनु भयो । उहाँले नेपाल पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश भएको जिकिर गर्नुभयो । अरुले सहयोग नगर्दा पनि चीन जस्तो जनसंख्या र भूगोलले ठूलो भएको देश बन्ने तर नेपाल नबन्ने भन्ने नहुने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश नेपाल हो । कामकै लागि तीन मिलियन मान्छे बाहिर छन् । कामकै लागि गएका छन् । काम गर्ने जाति हो भनेर स्थापित छन् । अरुले सहयोग गरेनन् भन्ने हो भने चीन जत्रो देश सबैभन्दा ठूलो जनसंख्या, भूगोल भएको देश हो । चीनको विकास हुने, जुन देशका जनतालाई एक छाक खाना खाने सहयोग कसैले गर्न सक्दैन, डेढ अर्बलाई खाना कसले खुवाउन सक्छ । आफैँ खाने बाहेक अरुले खुवाइदिन त सम्भव नै छैन । आफ्नो बन्दोबस्त आफूले गर्ने बाहेक अरु कुनैले बन्दोबस्त गर्ने सम्भावना नै छैन । त्यस्तो देशले विकास कसरी ग¥यो त ? वाह्य सहयोगले मात्रै विकास हुने होइन, आफ्नै पौरखले विकास हुने हो खासमा । तर हाम्रो देश विकास हुँदैन । यस्तो भूगोल छ ।’

प्रधानमन्त्री ओलीले नेपालमा केही विपरित कुराहरु भइरहेको बताउनु भयो ।