२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष नेपालद्वारा बाढीपहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रसुवा जिल्लाको नेपाल–चीन सिमानामा मङ्गलबार बिहान गएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष नेपालले एक वक्तव्य जारी गर्दै अध्यक्ष नेपालले बाढीमा परी ज्यान गुमाएका मृतकप्रति दुःख तथा शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभयो । विपद्मा परेका नागरिकको तत्काल उद्धार र जोखिमग्रस्त क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासका लागि सरकारलाई आग्रह गर्नुभयो ।

वर्षाका कारण देशका भू–क्षय, बाढीपहिरो, डुवानको जोखिम रहेका स्थानमा उच्च सतर्कता अपनाउन माग गर्दै अध्यक्ष नेपालले सम्भावित विपद् रोकथाम, विपद् जोखिम न्यूनीकरणका साथै विपद्पछिको पुनःस्थापना तथा व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

उहाँले देशभर मनसुनजन्य महामारी र स्वास्थ्य जोखिमको पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले विपद् व्यवस्थापनमा तालिमयुक्त दक्ष जनशक्ति, र्‍यापिड रेस्क्यु टिम तयार गर्न, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोतसाधन र औषधिको भण्डारण गर्न, क्षतिको जोखिम पूर्वानुमान गरी नागरिकलाई सुसूचित गर्नुपर्ने बताउनुभयो । रासस