२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनै प्रफुल्ल बनाउने सिन्धुलीको फिक्कल- फोटो फिचर



अ+ अ-

काठमाडौं: सिन्धुलीको फिक्कल उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । पर्यटनको प्रचुर सम्भावना भएर पनि ओझेलमा रहेका क्षेत्रहरुलाई स्थानीय सरकारले प्रवद्र्धन गरेसँगै फिक्कल पर्यटकीय गन्तव्यका रुपमा विकास हुदै गइरहेको छ ।

महाभारत श्रृङखलामा पर्ने २ हजार ३ सय ८६ मिटर उचाईमा रहेको फिक्कल चुचुरो सिन्धुली जिल्लाकै सर्वोच्च शिखरको रुपमा रहेको छ । मनोरम दृश्यावलोकनका लागि हजारौं स्थानीय लगायत विदेशी पर्यटकहरु अवलोकनको लागि पुग्ने गरेको छ । उक्त स्थानमा टावर निमार्ण पनि गरिएको छ ।

हाल उक्त टावर जाने मुख्य गाउँ चनौटेमा फिक्कल सामूदायिक होमस्टे पनि सन्चालन ल्याएको छ । उक्त गाउँमा स्थानीय जातजातीको भाषा भाषि र झाँकीमा रमाउन र अर्गानिक उत्पादनको परिकारका स्वाद चाख्न पाइन्छ ।

मध्यपहाडी लोकमार्गको सिन्धुली सडक खण्डमा पर्ने फिक्कल गाउँपालिकामा धेरै सम्भावना बोकेको पर्यटनका आकर्षणका केन्द्रहरु रहेकाछन् । राजधानीबाट नजिक रहेको र पूर्वी नेपालको यात्रामा हुनेहरु फिक्कल क्षेत्रमा घुम्न र रम्न रुचाउँनेहरु धेरैनै छन् । सिन्धुली जिल्लाको पूर्वोत्तर क्षेत्रका फिक्कल चुचुरोसहित महादेवडाँडा, सुम्नाम पोखरी, खोलागाउँ, खाङसाङ, सोल्पाठाना र रत्नावती क्षेत्रबाट सुन्दर हिमश्रङ्खलाको दृश्यावलोकन गर्न पाइन्छ ।

सुनकोशी नदिले रामेछाप, ओखलढुङ्गा र सिन्धुलीक जिल्लाको सिमाना छुट्याएको छ भने उक्त नदिमा ¥र्याफ्टीङमा रमाउन पनि सकिन्छ ।भने स्थानीय मानिसहरु माछा मारेर पनि जीविको पार्जन गरी रहेकाछन । ऐतिहासिक फिक्कल चुचुरोको नामबाट नामाकरण भएको फिक्कल गाउँपालिकाले पर्यटकीय क्षेत्रको पूर्वाधार विकास, प्रचारप्रसार र स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर ब्रान्डिङ र बजारीकरण गरिरहेको छ । पर्यटनलाई फिक्कलको समृद्धिको आधारमा रुपमा अघि बढाउने लक्ष्यका साथ सडक, अस्पताल, स्कुलका भवनहरु देखि विकास पूर्वाधारको काम निरन्तर भईरहेको गाउँपालिका अध्यक्ष पार्वती सुनुवारको भनाई छ ।

फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार र उपाध्यक्ष राजु बराल नेतृत्वको अनुभवी उर्जाशिल युवा जनप्रतिनिधिले फिक्कलको विकास निमार्ण सकृय भुमीका खेलीरहेकाछन् । भने फिक्कलको पर्यटन प्रवद्र्धनका लागि स्थानीय तहकै अगुवाइमा यहाँ बेला बेलामा मेला महोत्सव तथा विभिन्न प्रकारका रोजगार जन्य तालिम तथा प्रशिक्षणका कार्यक्रमहरु भईरहेको जसले स्थानिय युवाहरुलाई स्वरोजगार बन्न सहयोग हुदै आइरहेकोछ ।

स्थानीय तहको पर्यटन प्रवद्र्धन नीतिलाई संघ तथा प्रदेश सरकार र पर्यटनका क्षेत्रमा काम गर्ने निकायहरुले साथ दिने हो भने फिक्कलको राजधानी नजिकको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने र यहाँको समृद्धिको आधारका रुपमा पर्यटनले भूमिका खेल्ने निश्चित छ ।

प्रदीपराज वन्त राष्ट्रिय फोटोपत्रकार समूह एनएफपिजे नेपालका अध्यक्ष हुनुहुन्छ ।




भर्खरै