२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनियमितताको ढाकछोप गर्नु सरकारको नियमित कार्य जस्तै भइसक्योः सांसद बस्नेत



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले अनियमितताको ढाकछोप गर्नु सरकारको नियमित कार्य जस्तै भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले वर्तमान सरकार ठूलो हुंकारसहित गठन भएको भन्दै एक वर्ष समेत पूरा गरिसकेको अवस्थामा संविधान संशोधनको चर्चा त हुनै छोडिसकेको बताउनु भयो । जनसरोकारका विषयहरुमा सरकार बेखबर बन्दै गएको आरोप लगाउनु भयो । सरकार राज्यका सबै अंगहरुलाई आफ्नो प्रभावमा पारेर आफ्नो स्वेच्छाचारी कदमहरुलाई ढाकछोप र पुष्टि गर्ने कसरत गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निकै ठूलो हुंकारसहित गठन भएको सरकार एक वर्ष पूरा गरेको छ । यस बीचमा संविधान संशोधनको चर्चा त हुनै छोडिसक्यो । सरकार आर्थिक विकास र यसको मोडलको बारेमा त सबै उदांगो भइसक्यो । अनियमितताको ढाकछोप गर्नु सरकारको नियमित कार्य जस्तै भएको छ । जनसरोकारका विषयहरुमा सरकार बेखबर बन्दै गएको छ । सरकार राज्यका सबै अंगहरुलाई आफ्नो प्रभावमा पारेर आफ्नो स्वेच्छाचारी कदमहरुलाई ढाकछोप र पुष्टि गर्ने कसरत गरिरहेको छ ।’

सांसद बस्नेतले सरकार विपद्को पूर्वतयारीप्रति बेखबर रहेको आरोप लगाउनु भयो ।